पत्रकार महासंघको बैठक फागनु २० र २१ गते जनकपुरमा

शुक्रबार, २६ माघ २०७४, १४ : ३६
पत्रकार महासंघको बैठक फागनु २० र २१ गते जनकपुरमा

महेन्द्रनगर ।  नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको बैठक प्रदेश नं २ को राजधानी जनकपुरमा बस्ने भएको छ ।  जिल्लाको पर्यटकीय विकास, प्रादेशिक केन्द्रको रुपमा प्रचारप्रसार र राष्ट्रियस्तरमै स्थानीय मुद्दा उठाउने उद्देश्यले महासंघको धनुषा शाखाको पहलमा अगामी फागुन २० र २१ गते यहाँ बैठक बस्ने तय भएको हो ।

महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा उपत्यकामा उपलब्ध केन्द्रीय पदाधिकारी र सदस्यको बैठकले जनकपुरमा बैठक बस्न सहमति दिएको महासंघका जिल्ला अध्यक्ष अनिलकुमार मिश्रले जानकारी दिए ।  जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले यहाँ हुने सो बैठक सुखद र जनकपुरका लागि उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस