काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ । संस्थापन र इतर समूहका नेताहरुबीचको विवादमा सहमाति जुट्न नसकेपछि बैठक स्थगित भएको हो ।
केन्द्रीय समिति बैठक बस्नलाई केही समय अगाडी दुवै पक्षका नेताहरु आन्तरिक छलफलमा जुटेका थिए । पार्टी सभापति शेरबहादुर देउवा पक्षका नेताहरु पार्टी कार्यालय सानेपामा भेला भएका थिए भने वरिष्ठ नेता पौडेल पक्षका नेता उनको निवास बोहोराटारमा छलफलमा थिए ।
काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले देउवा पक्षका नेता पार्टी कार्यालयमा भेला भएको बताए ।यता पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारी पार्टीमा तेस्रोधारको नेतृत्व गर्दै आएका कृष्ण सिटौलासहित पौडेल पक्षका नेताहरु बोहोराटारमा भेला भएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ पुस २०७६, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसको मानव अधिकार विभागमा १० जना सदस्य मनोनीत
सांसदहरूलाई उपत्यका बाहिर नजान कांग्रेसद्वारा ह्विप जारी
धनराजको डिभोर्स संसदको बहस बन्न सक्दैन, सहकारी ठगीको छानविन हुनसक्छ : काँग्रेस
कांग्रेसले माग्यो उपसभामुखको राजीनामा
उपसभामुखबारे छलफल गर्न कांग्रेस बैठक बस्दै
धनराज गुरुङ र उपसभामुखको विषयमा कांग्रेस बैठकमा छलफल हुने