चितवन / भरतपुर महानगरबाट दैनिक ५५ टन फोहर निस्कने गरेको तथ्याङ छ । फोहरहरु घरयासी ,व्यवसाय र अस्पतालजन्य हुन् । यी फोहरहरुलाई व्यवस्थापन गर्न २ वटा नीजि सस्था र भरतपुर महानगरपालिकाले काम गर्दै आई रहेका छन् । ग्रिन नेपाल सिटि वेष्ट म्यानेजमेन्ट ,वेष्ट म्यानेजमेन्ट ग्रुप नेपाल र भरपुर महानगरपालिकाले गर्ने गरेका छन् । फोहर व्यवस्थापन गरे बापत नीजि सस्थाहरुले महानगरबाट शुल्क लिने गर्दछन् ।
सरसफाई सेवा शुल्कबाट उठेको रकमको ७० प्रतिशत नीजि सस्थांले लिने गरेका छन् भने फोहर संकलनको आधारमा ३० प्रतिशत रकम टोल सुधार समितिलाई दिने गरिन्छ । सरफाई सेवा शुल्क अन्तरगर्त आर्थिक बर्ष ७१/७२ मा ७२ लाख ७० हजार ५ सय ९७ शुल्क उठेको छ । आर्थिक बर्ष ७२/७३ मा ८१ लाख ७१ हजार ८ सय ६५ रुपैयाँ संकलन भएको महानगरको तथ्याङकमा उल्लेख छ । त्यसतै आर्थिक बर्ष ७३/७४ मा १ करोड ३४ लाख ९६ हजार २ सय ७६ उठेको देखिन्छ । यो रकम साबिक भरतपुर महानगरको १ देखि १२ नम्बर वडा सम्म संकलन भएको हो । भरतपुर महानगरमा यी वडा बाहेक अन्य वडामा निस्किएका फोहरहरु स्ंयम घरहरु आफैले व्यवस्थापन गर्दै आईरहेका छन् । यस बर्ष ग्रिन नेपाल सिटि वेष्ट म्यानेजमेन्ट मासिक ३ लाख ३३ हजार ३ सय ३४ रुपैया शुल्क लिने गर्दछ भने वेष्ट म्यानेजमेन्ट ग्रुप नेपालले २ लाख १० हजार रुपैयाँ मासिक लिदै आईरहको छ ।
फोहरबाट उर्जा
कुहिने फोहरलाई व्यवस्थापन गर्दै उर्जा निकल्न प्रविधिको कार्य तिब्र गतिमा बढि रहेको भरतपुर महानगरले जनाएको छ । भरतपुर महानगरका बातवरण शाखाका प्रमुख विराट घिमिरेका अनुसार बैकल्पीक उर्जा प्रर्वधन कार्यक्रम अन्तरगर्त एशियाली विकास बैक र नेपाल सरकारको आर्थिक सहयोगमा यस कार्य अगाडी बढी रहेको छ । २५ करोड रुपैयामा बन्न लागेको केन्द्रको लागि नीजि क्षेत्रको छनोट प्रकृया शुरु भएको बताईएको छ । केन्द्रले जैविक मल ,बायो ग्यास र विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । अहिले भरपुर महानगरमा कुहिने फोहर २० टन प्रति दिन उत्पादन हुने गर्दछ । बैकल्पिक केन्द्रको अध्ययन अनुसार २० टन फोहरबाट ११ सय ५३ घन मिटर जैविक मल ,७७ किलो वाट विद्युत र ३८ एलपिजि सिडिण्डर ग्यासँ उत्पादन गर्ने क्षमता राख्दछ ।
प्रतिक्रिया दिनुहोस