काठमाडौँ । पश्चिमी वायुको प्रभावले देशभर सामान्य बदली भई उच्च पहाडीसहित हिमाली भूभागमा आज हिमपातको सम्भावना रहेको जनाइएको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर आंशिक बदली भई उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार सो वायुको प्रभावले देशभर चिसो बढेको छ । तापक्रम घटेसँगै उपत्यकामा बढी चिसो महसुस गरिएको छ । पूर्वी तराईका केही भूभागमा बाक्लो हुस्सु/कुहिरो लागेकोे छ ।
बुधबारबाट मौसमी प्रणालीमा सुधार आउने जनाइएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस १ डिग्री सेल्सियस रहेको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ३० मंसिर २०७६, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द
चिसोले सर्लाहीको जनजीवन कष्टकर
बाँकेमा चिसोले जनजीवन प्रभावित
चिसो बढेपछि गौरका विद्यालय ३ दिनका लागि बन्द
चिसोले तराई-मधेसको जनजीवन प्रभावित
चिसोबाट जोगिन प्राधिकरणको अनुरोध