सिनर्जीको ‘प्रोफेसन एजुकेशन पब्लिक स्पिकिङ च्याम्पियन’ को दोस्रो संस्करण पौषबाट

सफल खबर संवाददाता

आइतबार, २९ मंसिर २०७६, १७ : ३९
सिनर्जीको ‘प्रोफेसन एजुकेशन पब्लिक स्पिकिङ च्याम्पियन’ को दोस्रो संस्करण पौषबाट

चितवन । चितवनको पहिलो रेडियो सिनर्जी एफएमले प्रोफेसनल एजुकेशन पब्लिक स्पिकिङ च्याम्पियनको दोस्रो संस्करण पौषको पहिलो साताबाट सुरु गर्ने भएको छ । दोस्रो संस्करणबारे आज एफएममा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

स्कुल तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको बोल्ने कलाको विकासका लागि गतवर्षबाट सुरु गरेको च्याम्पियन यस वर्ष केही परिस्किृत गरिएको छ । गतवर्ष चितवन र नवलपुरका विद्यार्थीहरुलाई समेटिएको थियो भने यस वर्ष चितवन, नवलपुरसहित नवलपरासी र मकवानपुरका विद्यार्थीलाई पनि समेट्ने एफएमका स्टेसन म्यानेजर रामकान्त पौडेलले बताए ।

पौषको पहिलो साताबाट भरतपुरबाट अडिसन सुरु हुने बताइएको छ । सर्वाधिक पुरस्कार रासीको यस प्रतियोगिताका विजेताले नगद १ लाख १ हजार, दोस्रो हुनेले ५० हजार ५ सय रुपैँया र तेस्रो हुनेले २५ हजार ५ सय रुपैयाँसहित ट्रफि र पैमाण पत्र प्राप्त गर्ने पौडेलले बताए । 

७ सय ५० जना विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाउने विश्वास लिइएको एफएमका कार्यक्रम म्यानेजर मनोज घिमिरेले बताए । उनका अनुसार भरतपुरबाट अडिसन सुरु हुनेछ । पहिलो चरणमा १५०, दोस्रो चरणमा ५०, तेस्रो चरणमा ३० र फाइनल चरणका लागि १० जना प्रतियोगि छानिनेछन । 

यस वर्षदेखि विजेताले पाउने पुरस्कारलाई केही थप गरिएको छ । प्रतियोगिताको शिर्षक प्रायोजक प्रोफेसनल एजुकेशन कन्सलटेन्सीले पहिलो, दोस्रो र तेस्रो हुनेलाई टोफेल र आइएलस फ्रिमा पढाउने निर्देशक सन्तोष खनालले घोषणा गरेका छन् । यस्तै मुख्य प्रायोजक पेन्गुइन एजुकेसन कन्सलटेन्सीले जापान जान चाहेमा प्रतियोगिताका विजेतालाई ५० प्रतिशत स्कुलरसिप दिनेछ । यस्तै दोस्रो हुनेलाई ३० प्रतिशत र तेस्रो हुनेलाई २० प्रतिशत स्कलरसिप दिने पेन्गुइनका व्यवस्थापक सुदिप भट्टराइले बताए ।

यस्तै प्रायोजक नेपाल लोकसेवा तयारी केन्द्रले विजेतालाई २१ हजार बराबरको लोकसेवा कोर्ष निःशुल्क पढाउने जनाएको छ । दोस्रोलाई ५० प्रतिशत र तेस्रो हुनेलाई ३० प्रतिशत छुट दिने केन्द्रका अध्यक्ष इश्वारचन्द्र पौडेलले जानकारी दिए । 

पहिलो संसकरणबाट बालकुमारी कलेजकी प्रकृति न्यौपाने प्रथम, एकता निकेतनका आशिष बन्जारा दोस्रो र कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका अनुज्ञा भट्टराइ तेस्रो भएका थिए । पहिलो संसकरणमा ९० स्कुलका ५१० जना विद्यार्थी सहभागि भएका थिए । 
 

प्रतिक्रिया दिनुहोस