रोल्पा सदरमुकाम लिबाङबाट कोटवाडा, कोर्चवाङ, घर्तीगाउँ, मिरुल हुँदै सहिदमार्गको बाटो बिहानै सानो गाडीमा हिँडे साझ मात्र पुगिन्छ, थबाड गाउँ । यो एउटा कम्युनिस्ट गाउँ जहाँ अहिले मिरुल र उवागाउँसमेत मिसाएर थबाङ गाउँपालिका बनाइएको छ ।
२०१३ सालमा थवाड गाउँमा मोहनविक्रम सिंह र खगुलाल गुरुङले संस्थागत रूपमा कम्युनिस्टको जग बसालेका थिए । ०१५ सालदेखि ०७० सालको संविधानसभा निर्वाचनसम्म त्यहाँका मतदाताले कम्युनिस्ट उम्मेदवारलाई भोट दिँदा र बहिष्कार गर्दा पनि एकढिक्का भएर निर्णय गर्दै आएका थिए ।
तर पछिल्लो स्थानीय तह निर्वाचनमा त्यहाँको मत विभाजित भएको छ । तर यस्तो निर्णय समूहगत नभई स्वेच्छिक आधारमा भएको हो ।,आजको अन्नपूर्ण पोस्टले खबर छापेको छ ।
अहिले भने त्यहाँका जनता दोधारमा छन् । मंसिर १० मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र माओवादी केन्द्रले थबाङलाई आ-आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् ।
अहिले विप्लप नेतृत्वको पार्टी चुनाव खारेजी गर्दै थबाङबाट शून्य मतदानको तयारीमा छ भने माओवादी केन्द्र यसपटक आफ्ना उम्मेदवारका पक्षमा मतदान गराई छाडने अभियानमा । दोस्रो संविधानसभा निर्वाचनमा थबाङका जनताले मतदान नै नगरी तत्कालीन माओवादी उम्मेदवार तथा पूर्वसभामुख ओनसरी घर्तीलाई थबाङ प्रवेशबाट रोकेका थिए ।
प्रतिक्रिया दिनुहोस