भैरहवा । भैरहवा भन्सारका कर्मचारी र व्यापारी मिलेर राजस्व गोलमाल पारेको पाइएको छ। सेटिङ मिलाउने आलु, प्याज आयातकर्तासँग कर्मचारीले हचुवाका भरमा न्यून मात्रै राजस्व लिएको कागजात अन्नपूर्ण पोस्ट्ले फेला पारेको छ।
भैरहवाका एक व्यापारीका अनुसार सामान आयात गर्दा गाडी भाडा उल्लेखि बिल (बिल्टी), भारतीय भन्सारको सिपिङ बिल र बिमा कागज आवश्यक पर्छ। आलु र प्याजको हकमा भने कर्मचारीले यी कागजपत्र नलिने गरेको ती व्यापारी बताउँछन्। कागज नहुँदा आफूहरूले नियमानुसार आयातित सामानको कुल मूल्यमा १२ प्रतिशत थप गरी त्यसबराबरको राजस्व बुझाउँदै आएको उनको भनाइ छ। भारतबाट प्याज निर्यात रोकिए पनि आलु निरन्तर छ।
कुनै पनि सामग्री आयातमा भन्सारले त्यसको कुल मूल्यमा गाडी भाडा र बिमा शुल्क जोडेर त्यसबराबरको राजस्व लिने गर्दछ। बिल्टी, सिपिङ बिल र बिमा कागज नहुँदा भन्सारले कुल मूल्यको १० प्रतिशतका दरले गाडी भाडा र २ प्रतिशतका दरले बिमा गरी १२ प्रतिशत जोडेर त्यसबराबरको राजस्व लिने गर्दछ।
रूपन्देहीका प्रकाशगंगा आलु भण्डारले एम नम्बर (प्रज्ञापनपत्र नम्बर) १३२४३०, ओम विन्दवासिनीले १८४०१, सहनबाज स्टोरले १४७८६३ र १४८६९६, अम्बे इन्टरनेसनलले १४८६८३, प्रकाश आलु भण्डारले १४८५४७ बाट आयात गरेको आलुमा भन्सारले कुल मूल्यमा १२ प्रतिशत जोडी त्यसबराबरको राजस्व लिएको पाइएको छ। सेटिङ मिलाएर काम गर्ने केही आयातकर्तालाई भने कर्मचारीले हचुवाका भरमा राजस्व तोकेको कागजातले देखाएको छ। हचुवाकै भरमा गाडी भाडा र बिमा शुल्क जोड्दा राजस्व स्वतः कम हुन्छ। अधिकांश आयातकर्ताले कागजात बुझाउन खोज्दा कर्मचारीले आवश्यक नरहेको भन्दै १२ प्रतिशत जोडेर त्यसबराबरको राजस्व लिँदै आएको ती व्यापारी बताउँछन्।
सेटिङ मिलाउने व्यापारीले भारतीय भन्सार र भैरहवा भन्सारमा पेस गरेका बिललगायत कागजपत्र मेलसमेत नखाने गरेको दाबी स्रोतले गरेको छ। उनीहरूले भारतमा एउटा र भैरहवामा अर्को फर्मको बिल पेस गरेर काम गरिरहेका छन्।
रूपन्देहीका श्री माहाकालेश्वर टे«डर्स (पान नम्बर ६०५१४०५०३), श्रुति ट्रेडर्स (६०६१९१५१७) र शुभगणपति टे«ड एन्ड सप्लायर्स (६१०७४५३५३) ले दुई वर्षदेखि सेटिङमा आलु, प्याज आयात गरेको स्रोतले बताएको छ। गत जुन २४ मा एम नम्बर ७९८५४ बाट आयात भएको आलु, प्याजका ४१ वटा गाडीमा ठूलो मात्रामा राजस्व छली गरेको अन्नपूर्णलाई प्राप्त प्रज्ञापनपत्रको प्रतिलिपिमा उल्लेख छ। अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २२ मंसिर २०७६, ०७ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्सामा २१ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद
खाली कन्टेनरले वीरगन्ज भन्सारको ‘यार्ड’ भरिए
रसुवा भन्सारले उठायो ५८ करोड ५५ लाख जरिवाना
अर्थमन्त्री पुनद्वारा वीरगन्ज भन्सारको निरीक्षण