व्यक्तिहरुको तीनपुस्ते सम्पत्ति विवरण संकलन गर्दै गुप्तचर विभाग

पत्रपत्रिकाबाट

शुक्रबार, २० मंसिर २०७६, ०७ : ३६
व्यक्तिहरुको तीनपुस्ते सम्पत्ति विवरण संकलन गर्दै गुप्तचर विभाग

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग (राअवि)ले सार्वजनिक पदधारण गरेका र विभिन्न पेसा/व्यवसायमा संलग्न रहेका व्यक्तिहरुको तीनपुस्ते सम्पत्ति विवरण संकलन गर्न थालेको छ । राष्ट्रिय सुरक्षा सम्बन्धी सूचना गर्दै आएको गुप्तचर विभागलाई सरकारले आर्थिक क्षेत्रको सूचना बटुल्न समेत क्रियाशील बनाएको हो ।

प्रधानमन्त्री कार्यालयसम्बद्ध सेतका अनुसार राअविले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको आशंकामा ‘शंकास्पद’ व्यक्ति तथा तिनका परिवारको आर्थिक स्थितिको अभिलेख राख्न थालेको छ । राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माले सरकारले लिएको निर्णय सही भएको बताउँदै यसलाई सुशासन र अपारध नियन्त्रणमा यो महत्त्वपूर्ण कदम भएको बताए ।

उता, पूर्व गृहसचिव गोविन्द कुसुमले भने गुप्तचरलाई नागरिकको आर्थिक विवरण सङ्कलनमा खटाउँदा सरकार निरंकुश बन्ने खतरा रहने औँल्याए । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस