लियो क्लब अफ भरतपुर युथद्वारा देवघाटमा रहेका वृद्धवृद्धाहरुको सुगर र ब्लडप्रेसर जाँच

सफल खबर संवाददाता

बुधबार, १८ मंसिर २०७६, १४ : ५९
लियो क्लब अफ भरतपुर युथद्वारा देवघाटमा रहेका वृद्धवृद्धाहरुको सुगर र ब्लडप्रेसर जाँच

चितवन । लियो क्लब अफ भरतपुर युथले एनआरएन वृद्धाश्रम देवघाटमा रहेका वृद्धवृद्धाहरुको सुगर र ब्लडप्रेसर जाँच गरेको छ ।

आज बुधबार उक्त वृद्धाश्रममा रहेका ४० जना वृद्धवृद्धाहरुको सुगर र ब्लडप्रेशर जाँच गरिएको हो । क्लबका पिआरओ गोविन्द पौडेलका अनुसार २० जना वृद्धवृद्धामा उच्च रक्तचाप र १० जनामा सुगर रहेको पाइयो ।

जाँच पश्चात वृद्धावद्धालाई उनीहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराई सुझाव दिइएको थियो । जाँचको कार्यक्रम सकिएपश्चात भजनकृतन गरी मनोरञ्जन गरिएको थियो । 

लियो क्लब अफ भरतपुर युथले विभिन्न समयमा समाजसेवाको काम गर्दै आइरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस