काठमाडौं । मौसम परिवर्तन भएर जाडोयाम शुरु भईसक्यो । बिहान बेलुका निकै चिसो छ, दिउसो भने घाम लाग्ने गरेकाले मंसिरको दोश्रो साता सम्म त्यति जाडो बढेको छैन् । बाहिरी मौसम निकै चिसो भएकाले उक्त तापक्रमसँग मानिसको शरिरको तापक्रम मिल्दैन । त्यही भएर हामीले जाडोबाट बच्न न्यानो कपडा देखि विभिन्न सावधानी अपनाउनुपर्ने हुन्छ । जाडोयाम शुरुसँगै न्यानो कपडा मात्र हैन कि खानपिनमा पनि धेरै ध्यान दिनुपर्छ ।
खानपिन र मौसम अनुकुल आफुलाई राख्न नसक्दा अहिले सबैभन्दा बढी बिरामी घाँटी र मुखका देखिन्छन् । त्यसमा पनि टन्सिल मुख्य समस्याको रुपमा देखा परेको छ । अहिले अधिकांश अस्पतालहरुमा टन्सिलको समस्या लिएर ओपिडीमा दिनहुँ धाउने बिरामीको संख्या ह्वात्तै बढेको देखिन्छ । टन्सिल सबै उमेर समूहका व्यक्तिलाई हुनसक्ने भए तापनि यसबाट मुख्य प्रभावित हुने भनेको बालबालिका हो। सामान्य भाषामा सबैले भन्ने गरेको टन्सिललाई मेडिकल भाषामा (टन्सिलाइटिज) भन्ने गरिन्छ।
‘टन्सिल भएको कसरी थाहा पाउने र यसबाट कसरी बच्न सकिन्छ’
मानिसको मुखभित्र घाँटी नजिक दुवैतिर हुने (टन्सिल) नामक ग्रन्थीको संक्रमण नै (टन्सिलाइटिज) हो। वास्तवमा यो ग्रन्थी शरीरको रोग प्रतिरोधात्मक ग्रन्थी हो। टन्सिलाइटिज भाइरस या ब्याक्टेरियाको कारणले हुने गर्छ। प्रायजसोलाई टन्सिलाइटिज आफैं हप्ता दिनमा निको हुने भए तापनि केहीलाई भने एन्टिबायोटिक्सकै जरुरत पर्छ।
टन्सिलका लक्षण
– सय डिग्रीभन्दा बढीको ज्वरो आउने
– घाँटी दुखेर खाना खान र पानी निल्न गाह्रो हुने
– श्वास गन्हाउने
– घाँटीमा गिर्खाहरु ठूलो हुने
– मुखभित्र हेर्दा पछिल्तिर दुवै भागमा टन्सिलको आकार ठूलो हुने
टन्सिलाइटिज नाम सुन्दा एकदम सामान्य रोग जस्तो लागे तापनि ब्याक्टेरियाबाट हुने टन्सिलाइटिजका तत्कालीन र दीर्घकालीन जटिलता भने एकदमै खतरापूर्ण हुन सक्छन्। यस्ता जटिलता विकसित देशहरुमा न्यूनीकरण भइसके पनि हाम्रो जस्ता विकासोन्मोख देशमा अझै प्रशस्त देखिन्छन्। यस्ता जटिलता विशेषगरी बालबालिकामा देखिन्छन् जस्तै
– एक पटक रोग निको भए पनि बारम्बार बल्झिरहन सक्छ।
– यसको संक्रमण फैलिएर टन्सिल ग्रन्थी नजिकै ठूलो फोकामा पिप जम्न सक्छ।
– संक्रमण फैलिएर घाँटीको भित्री तहसम्म पुग्नसक्छ, जसले ज्यानै लिन पनि सक्छ।
– संक्रमण रगतमा फैलिएर दीर्घकालीन रुपमै असर हुनेगरी मुटु, मिर्गौला, जोर्नीहरु र दिमागमा समेत खतरा पुर्याउन सक्छ।
तसर्थ, टन्सिलाइटिजलाई हेलचेक्र्याईं नगरी समयमै जाँच गरेर उपचार गर्नु जरुरी छ। बालबालिकाको मुख भित्रबाट संक्रमित लेदो वा पिप निकालेर र रगतको जाँच गरी यसको किटाणु पत्ता लगाउन सकिन्छ र दीर्घकालीन असरहरुको अनुमान गर्न सकिन्छ। यसको उपचारका निम्ति औषधी र शल्यक्रिया दुवैको आवश्यकता पर्न सक्छ।
उपचारका साथ(साथै टन्सिलाइटिज भएको बेला निम्न तरिकाले बालबालिकाको घाँटी र शरीरलाई थप राहत पुर्याउन सकिन्छ ।
– प्रशस्त आराम गराउनेरप्रशस्त पानी खुवाउने
– चिया वा कागती पानीमा मह मिसाएर खान दिने
– मनतातो पानीमा नुन घोलेर दिनमा ४(५ चोटी कुल्ला गराउने
– आइसक्रिम वा चिसो दही खान दिनेरस(साना बरफका डल्ला मुखमा राखेर पग्लिन दिने
– निल्दा दुख्ने सारो खानेकुरा, चिल्लो र पिरो खान नदिने
– धुम्रपानको धुवाँ र अरु धुवाँधुलोबाट टाढा राख्ने
यि सब सावधानी अपनाए टन्सिलबाट बच्न सकिने चिकित्सक असिम महत बताँउछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ मंसिर २०७६, ०९ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिसोसँगै अस्पतालमा बढ्यो बिरामीको संख्या
अर्घाखाँचीमा प्रसादका रूपमा मासु खाँदा बिरामी हुनेको संख्या ३५ पुग्यो, अनुसन्धान जारी
कैलालीमा एक हजार बढी डेङ्गीका बिरामी
बर्खासँगै बढ्न थाले सर्पदंशका बिरामी
अन्य पालिकाका असहाय बिरामीलाई काठमाडौं महानगरले निःशुल्क उपचार गर्ने
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी