चितवन । भरतपुरमा जारी श्रीमद् भागवत महापुराण धन धान्यान्चल ज्ञान महायज्ञको तेस्रो दिनमात्रै ४ लाख ६० हजार रकम संकलन भएको छ । चितवनको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल देवघाटमा वेद विज्ञान समन्वयात्मक समावेशि कन्या गुरुकुल स्थापनाका लागि आयोजित श्रीमद् भागवत महापुराण धन धान्यान्चल ज्ञान महायज्ञमा तेस्रो दिनसम्म १४ लाख ३७ हजार ३ सय ८ रुपैयाँ रकम संकलन भएको आर्थिक समितिका संयोजक चन्द्रलाल राज भण्डारीले जानकारी दिनुभयो । मातृ शक्ति जागरण महाअभियानअन्तर्गत देवघाटमा कन्या गुरुकुल स्थापनाका लागि श्रीमद् भागवत महापुराण आयोजना गरिएको हो । ॐ शिवशक्ति कल्याणी केन्द्र, भरतपुरको आयोजनामा आयोजित महायज्ञकोे शुक्रबार उद्धघाटन भएको हो ।
पछिल्लो समय धर्म र संस्कृति हराउंँदै गइरहेकाले गुरुकुल शिक्षामार्फत यसको संरक्षण र जगेर्ना गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको महायज्ञका सहसंयोजक बालसन्त कल्याणी दासले बताउनु भयो ।
नेपालका सबै वर्ग समुदाय, सम्प्रदायका नारीहरुलाई समेट्ने गरी गुरुकुल शिक्षा दिन का लागि महायज्ञ आयोजना भएको महायज्ञ मूल समारोह समितिका संयोजक रविन्द्र अधिकारीले बताउनु भयो । गुरुयोजना अनुसारको भवन निर्माण सम्पन्न गर्न करिव २० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएकोले सोही गुरुयोजना पुरा गर्न महायज्ञ गरिएको उहाँको भनाइ छ । १२ रोपनी क्षेत्रफलमा फैलिएको गुरुकुलमा आवाससहितको व्यवस्था, पुस्तकालय, सभाहल लगायतका संरचना निर्माण गर्ने बताइएको छ ।
महायज्ञ अवधिभर बाल ब्रह्मचारी पण्डित श्यामशरण अधिकारीबाट पाठ पारायण, धर्म दर्शन एवम् पुराणका प्रवक्ता धर्माचार्य कृष्णप्रसाद गुरागाईबाट कथा प्रवचन तथा विशिष्ट साधु सन्त महात्मा तथा जगतजननी शिवशक्ति स्वरुपा कयाणीबाट आशिर्वचन प्रदान भइरहेको छ । महायज्ञमा स्थानीयहरुको उत्साहजनक सहभागिता रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
देवघाटमा आजदेखि माघे सङ्क्रान्ति मेला
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
देवघाटका कुटी र धर्मशालामा बस्ने १०० जनाको उद्धार
चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने पुल निर्माण थालेको १० वर्षपछि सञ्चालनमा