जलजलाको मृगौला उपचार खर्च जुटाउन लाइभ म्यूजिक गरिदै

बुधबार, २४ माघ २०७४, १९ : १०
जलजलाको मृगौला उपचार खर्च जुटाउन लाइभ म्यूजिक गरिदै

चितवन / भरतपुरमा गायीका जलजला परियारको उपचार सहयोगार्थ ‘लाइभ म्युजिक फर जलजला’ कार्यक्रम गरिने भएको छ । उनी दुवै मृगौलाले काम गर्न छाडेपछि काठ्माण्डौ स्थित टिचिङ अस्पतालमा उपचारत छिन् । जलजला नेपाल तारा सिजन–३ मा प्रतिस्पर्धि थिइन् । उनले बाटो मुनिको फुल–२ चलचित्रमा केहि कदम बोलको गीत, एकोहोरो प्रेम एल्बममा समावेश ढुङगाको मन बोलको गीत चर्चामा छन् । उनी विभिन्न रियालीटि सोमा दर्शकको रोजाइमा पर्दै आएकी थिइन् । उनी सबैको मन छुने गीत गाउने सपना पुरा गर्न दिनरात संगित साधनामा जुटेकी थिइन् ।

भरतपुर स्थित क्यान्सर अस्पतालको अडेटेरियन हलमा यहि २७ गते शनिबार विशेष सांगितिक कार्यक्रम हुन लागेको हो । सो कार्यक्रम मार्फत संकलित रकम जलजलाको उपचारमा सहयोग गर्ने लक्ष्य लिइएको छ । बेटर चितवन, लियो क्लब अफ नारायणगढ चित्रवन, मिस एसइइ स्टार चितवन समूहले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका हुन् । इन्स्पायर एजुकेसन कन्सल्टेन्सीले कार्यक्रमको मुख्य प्रायोजन गरेको छ । लाइभ म्यूजिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय एक दर्जन बढी कलाकारले आआफ्नो विशेष प्रस्तुती दिनेछन् । एञ्जीला रेग्मी, सुजता पाण्डे, अप्सर अली, विद्या तिवारी, भुुवन प्यासी, रोन्जाइ, महेन्द्र बराल लगायतका गायक गायीका सहित एनएमजी व्याण्ड लगायतले प्रस्तुती राख्ने कार्यक्रम संयोजक निकेश बरालले जानकारी दिए । दिउसो ३ बजे देखि कार्यक्रम सुरु हुनेछ । २ सय, ५ सय र १ हजार रुपैयाँ बराबरका टिकटको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस