चितवनमा खुल्यो जोन्सन टायल्सको शोरुम

सफल खबर संवाददाता

बुधबार, ११ मंसिर २०७६, १५ : ४१
चितवनमा खुल्यो जोन्सन टायल्सको शोरुम

चितवनको भरतपुरमा बुधबारदेखि सञ्चालनमा आएको जोन्सन टायल्सको शोरुम । तस्बिर : सूर्यप्रकाश कँडेल

चितवन । विश्वको पहिलो टायल कम्पनी जोन्सन टायल्सको शोरुम चितवनको भरतपुरमा बुधबारदेखि सञ्चालनमा आएको छ । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले एक समारोहबीच शोरुमको उद्घाटन गरेका हुन् ।
जोन्सन टायल्स इण्डियाका प्रतिनिधि रविमोहन ओझाले नेपालमा पहिलो शोरुम चितवनमा खोलिएको बताए । उनले नेपालका अन्य मुख्य शहरहरुमा पनि यस्ता शोरुम खोल्ने योजना रहेको जानकारी दिए । उनका अनुसार यस शोरुमबाट व्यावसायिक, आवासीय, औद्योगिक, पार्किङ, स्वीमिङ पुलका लागि अलगअलग टायल उपलब्ध हुनेछ । ‘ग्राहकले आफैले हेरेर, छोएर टायल छनौट गरुन्, खरिद गरुन् भन्ने उद्देश्यले शोरुम सञ्चालनमा ल्याएका हौँ’ उनले भने ।
जोन्सन टायल्सको शोरुमलाई हाउस अफ जोन्सन, एनिभा स्टोनेक्स नाम दिइएको छ । चितवनबाट गुणस्तरीय टायलको खोजीमा भारतको लखनउ, पटनासम्म पुगेर जोन्सनका टायल्स ल्याएको थाहा पाएपछि गुणस्तर खोज्नेहरुको लागि शोरुम सञ्चालनमा ल्याइएको सञ्चालक प्रकाश पौडेल बताउँछन् । जोन्सन टायल्सले ग्राहकको मन जित्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस