चोरहरुको नयाँ शैली : प्रेस कार्ड देखाएर छिर्ने र चोरी गर्ने

बुधबार, २४ माघ २०७४, १६ : ३७
चोरहरुको  नयाँ शैली : प्रेस कार्ड देखाएर छिर्ने र चोरी गर्ने

 काठमाडौं । चोरहरुले चोर्ने नयाँनयाँ शैली अपनाउन थालेको पाइएको छ । राजधानीका होटल तथा पार्टी प्यालेसहरुमा हुने कार्यक्रममा प्रेस कार्ड देखाएर छिर्ने र चोरी गर्ने गरेको प्रहरीले जनाएको छ । माघ २० गते काठमाडौको कान्तिपथस्थित होटल प्यागोडमा यस्तै घटना भएको छ । प्रहरीले घटनामा संलग्नलाई तीनदिनपछि पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार गत आइतबार होटलमा भएको  एक कार्यक्रममा प्रेस पास देखाएर होटल छिरेका एक व्यक्तिले लन्च टाइममा सहभागिहरुको व्याग, व्यागमा भएको रकम, ल्यापटप लगायतका सामाग्री बोकेर भागेका थिए ।
यसरी चोरेर भाग्नेमा ललितपुर गोदावरीका अशोक केसी भन्ने हरिशरण केसीलाई प्रहरीले घटना भएको तीनदिनपछि ललितपुरबाट पक्राउ गरेको हो ।
केसी फायर साइड दैनिकको प्रेस कार्ड देखाएर उक्त दिन कार्यक्रममा छिरेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले केसीलाई ललितपुरको लगनखेलबाट पक्राउ गरेको हो । केसीको साथबाट प्रहरीले चोरीका सामानसहित पक्राउ गरेको जनाएको छ ।
अनुसन्धानका क्रममा केसीले राजधानीमा हुने कार्यक्रममा जाने र चोरी गर्ने गरेको खुलेको  प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस