चितवन । चितवन मेडिकल कलेजले शनिबार होस्टल परिसरको टेबुलटेनिस कोर्टमा हतियार फेला परेको जनाएको छ ।
कलेजले आईतबार प्रेस विज्ञप्ती जारी गर्दै टेबुलटेनिस कोर्टमा निलो रंगको झोला भित्र शंकास्पद वस्तु देखिएको र प्रहरीलाई खबर गरेपछि अनुसन्धान गर्ने क्रममा हतियार फेला परेको जनाएको छ । विज्ञप्तीमा सार्वजनिक स्थलमा भएको यस प्रकारको गैह्रकानुनी कार्यको घोर भत्र्सना गर्दै उक्त कार्यमा संलग्नलाई आवश्यक अनुसन्धान गरि कारवाहीको माग गरेको छ ।
यस्तो घृणित कार्यमा चितवन मेडिकल कलेजका विद्यार्थी लगायत कुनै सदस्यहरु संलग्न नभएको ठहर गर्दै घटनाको निष्पक्ष छानविनमा सहयोग गर्न सबैसंग अपिल गरिएको विज्ञप्तीमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ मंसिर २०७६, १३ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तानबाट ५ लाख अमेरिकी हतियार गायब, केही अलकायदासम्म पुगेको आशंका
जङ्गी अड्डामा हतियारसहितको बृहत् प्रदर्शनी हुँदै, प्रवेश नि:शुल्क
आपराधिक गतिविधिमा साना हतियारको प्रयोग बढ्दो
अमेरिकाले ताइवानमा पठायाे ३८ वटा खतरनाक हतियार
हतियारमा ‘धार’ लगाएर जिन्दगी चलाउँदै ७० वर्षीय राना
झापामा आठ सय ८५ इजाजत प्राप्त हतियार