घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्रले विभिन्न २४ किसिमका निःशुल्क तालिम दिने

सफल खबर संवाददाता

शुक्रबार, ०६ मंसिर २०७६, ०८ : ५४
घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्रले विभिन्न २४ किसिमका निःशुल्क तालिम दिने

काठमाडौँ । राष्ट्रिय लघु, घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्रले विभिन्न २४ किसिमको निःशुल्क तालिम दिने भएको छ ।

केन्द्रले सीप अभिबृद्धि तालिम अन्तर्गत प्याट्रन सिलाइ कटाइ (एडभान्स), फेसन डिजाइनिङ, बेकरी एड्भान्स र ब्यूटिसीयन एडभान्स तालिम दिने जनाएको छ । यस्तै बेसिक सीपमुलक तालिम अन्तर्गत हाते इम्ब्रोइडरी, मेसिन इम्ब्रोइडरी, मोबाइल मर्मत, मोटरसाइकल मर्मत, प्लम्बिङ, हाउस वाइरिङ, डल बनाउने, खाद्य प्रशोधनलगायत तालिम दिनेछ । इच्छुक उम्मेदवारले मंसिर २० भित्र केन्द्रको कार्यालय त्रिपुरेश्वर, काठमाडौँमा आवेदन दिन आव्हान गरिएको छ 

प्रतिक्रिया दिनुहोस