ऋचा इन, बेनिशा आउट

पत्रपत्रिकाबाट

सोमबार, १८ कार्तिक २०७६, २० : ३६
ऋचा इन, बेनिशा आउट

काठमाडौँ । केकी अधिकारी, रिमा विश्वकर्मा र बेनिशा हमाल उद्योगमा बेस्ट फ्रेन्ड मानिन्छन्। हिरोइनहरू एकापसमा मिल्न नसक्ने मान्यता प्रचलन रहेको समयमा यी तीनको मित्रता हेर्नलायक छ। पर्दामा होस् वा बाहिर, एकसाथ देखिन रुचाउने त्रिदेवीमध्ये बेनिशा हमाल भने यो समूहबाट बिस्तारै टाढिँदै गएकी छिन्। बेनिशाको ठाउँ आजभोलि ऋचा शर्माले लिएकी छिन्। 

यसको सुरुवात भएको थियो, केकीले निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ बाट। फिल्ममा ऋचा मुख्य भूमिकामा थिइन् भने रिमा एउटा गीतमा भए पनि  अटाएकी थिइन्। यही समूह अहिले ‘कमेडी च्याम्पियन’ शीर्षकको कार्यक्रम बनाइरहेको छ र यहाँ पनि केकीसँगै ऋचा र रिमा भिन्न–भिन्न भूमिकामा आबद्ध छन्। कार्यक्रममा ऋचा निर्णायकको भूमिकामा छिन् भने रिमा एंकरको।

हुँदाहुँदा बाहिरको ब्यानरले समेत यही टिममा आँखा गाड्न थालेको छ। फिल्म निर्माणमा होमिएका सन्तोष पन्तले निर्माण गर्न लागेको ‘हिजोआजका कुरा’मा केकी, ऋचा र रिमालाई नै हिरोइनका रूपमा कास्ट गरेका छन्। बिस्तारै बेनिशा आउट, ऋचा इन हुँदै छिन्। सम्पूर्ण बाट 

प्रतिक्रिया दिनुहोस