काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाले सात प्रदेशका प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको छ ।
नेकपाको सोमबार मध्यान्ह बसेको सचिवालय बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको हो । जसअनुसार अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी (कास्की), तिलक परियार (बाँके), धर्मनाथ यादव (सिरहा), गोविन्द कलौनी (डडेल्धुरा) र विष्णु प्रसाईँ (झापा) को नाम सरकारसमक्ष सिफारिस गर्ने निर्णय भएको बैठकपछि नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए । यद्यपि कसलाई कुन प्रदेशको प्रमुखको जिम्मेवारी दिने भन्नेचाहिँ मन्त्रिपरिषद्ले टुंगो लगाउने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ कार्तिक २०७६, १३ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीका प्रदेश प्रमुखले फिर्ता गरे दुई विधेयक
बागमती प्रदेश प्रमुख देवकोटाद्वारा पदभार ग्रहण
तीन प्रदेशका प्रदेश प्रमुख हटाएर नयाँ सिफारिस
सरकारले गर्यो तीन प्रदेश प्रमुख हेरफेर
दुई प्रदेशका प्रमुखबीच समन्वय र सहकार्यबारे छलफल
सुदूरपश्चिममा बहुमतको सरकार गठनका लागि आह्वान