काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरीमा निर्माण गरिएको छठ घाटमा आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिई छठीमाताको पूजा आराधना गर्नुभयो ।
राष्ट्रपति भण्डारी कमलपोखरीस्थित छठ घाट निर्माण गरिएको स्थलमा पुग्नुहुँदा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, विभिन्न वडाका अध्यक्षहरु, कमलपोखरी छठ पूजा समाजका पदाधिकारीलगायतले स्वागत गर्नुभएको थियो ।
कमलपोखरीमा नौ वर्षअघिदेखि छठ पूजा आयोजना गर्न सहयोग गर्नुहुनेहरुलाई राष्ट्रपति भण्डारीले सम्मानसमेत गर्नुभयो । यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि कमलपोखरी पुगेर छठीमाताको पूजा आराधना गर्नु भई अस्ताउँदो सूर्यलाई अघ्र्य दिनुभयो ।
यसैबीच पूर्वयुवराज्ञी हिमानी शाहले नागपोखरीमा निर्माण गरिएको छठ घाटमा पूजा आराधना गर्नुभई अस्ताउँदो सूर्यलाई अघ्र्य दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १६ कार्तिक २०७६, २० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक सद्भाव कायम गर्न छठ महत्त्वपूर्ण : माधव नेपाल
छठ पर्व : रौतहटमा सुरक्षार्थ ९ सय प्रहरी परिचालन
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यको पूजाआराधना गरिँदै
तराई/मधेसमा छठ पर्वको रौनक सुरु