छठ पर्व

छठ : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो (फोटोफिचर)

सफल खबर संवाददाता

शनिबार, १६ कार्तिक २०७६, १८ : २८
छठ : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो (फोटोफिचर)

काठमाडौँ । छठपर्वको आज तेस्रो दिन ब्रतालुहरुले साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएका छन्  । छठ पर्वका लागि तयार पारिएका ठेकुवा, केरा, भुसुवा लागायत विभिन्न प्रकारका फलफलूल तथा प्रसादहरु बोकेर ब्रतालुहरु छठको घाट पुगेका थिए। 

छठका लागि जलासयहरु वेहुलीझै सिंगारिएका छन् । 

चार दिनसम्म ब्रत बसेर मनाइने छठ पर्वको आज तेस्रो मुख्य दिन (षष्ठी) हो । आज अस्ताउँदै गरेको सूर्यलाई अर्घदिई रातभर छठ घाटमै जागराम बसेर विभिन्न छठसम्वन्धित गीत संगीत, कथा सुनेर, हेरेर भक्तजनहरु रात विताउने गर्छन्। भोली (आइतबार) बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ सम्पन्न हुने गर्दछ ।

छठ पूजाका लागि गहुँ र चामल ओखल, जाँतो वा ढिकीलाई चोखा नितोगरी कुटान (पिसान गरी त्यसबाट विभिन्न परिकार बनाइएको हुन्छ ।

फोटो: रासस 

प्रतिक्रिया दिनुहोस