आज सार्वजनिक बिदा

सफल खबर संवाददाता

बुधबार, १३ कार्तिक २०७६, ०८ : २८
आज सार्वजनिक बिदा

काठमाडौं –  किजा पूजाको अवसरमा सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ ।  
नेवारी समुदायको भाइटीका कात्तिक १३ गते पर्ने भन्दै बिदा माग भएबमोजिम सरकारले बिदा दिने निर्णय गरेको हो । 

बिदा माग गर्दै नेवार समुदायको प्रतिनिधिमण्डलले कात्तिक ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको थियो ।

पञ्चाङ्ग निर्णायक समितिले भने तिहारका लागि कात्तिक १०, ११ र १२ गते बिदा दिन सरकारलाई सुझाव दिएको थियो ।

प्रतिक्रिया दिनुहोस