झिलिङ्गा व्यवसायबाट मालामाल, घरै बसिबसी ४ लाख आम्दानी

सफल खबर संवाददाता

मंगलबार, १२ कार्तिक २०७६, १९ : ५३
झिलिङ्गा व्यवसायबाट मालामाल, घरै बसिबसी ४ लाख आम्दानी

प्रकाश सिग्देल
चितवन । तिहारमा अत्यधिक मात्रामा खपत हुने झिलिङ्गा बेचेर गैँडाकोट हर्कपुरका गीता श्रेष्ठ मनग्य आम्दानी गर्न सफल भएकी छिन् । 

विगत ३ वर्षदेखि आफ्नै घरमा यो व्यवसाय गर्दै आएकी उनको सुरुका वर्षमा खासै राम्रो व्यवसाय नभएपनि अहिले खर्च कटाएर वार्षिक ४ लाखसम्म बचत हुने गरेको छ । 

बेरोजगार बस्नु भन्दा यो ब्यवसाय गरेर केही आम्दानी हुन्छ कि भनेर माइतबाट मेसिन ल्याएर झिलिङ्गा बनाएर बेच्न थालेको स्मरण गर्दै उनले अहिले यसबाट घरखर्च राम्रोसँग चलेको बताइन् । 

यो वर्ष तिहारमा मात्रै करिव ४ देखि ५ लाख हाराहारीमा झिलिङ्गा बिक्री गर्न सफल भएको उनको भनाइ छ । 

नारायणगढ–कावासोती–डण्डा लगायतका ठाउँबाट व्यापारी आएर झिलिङ्गा लाने गरेको श्रेष्ठले बताइन् । 
 आफूले घरमा घरयासी प्रविधिबाट झिलिङ्गा बनाउने र त्यो स्थानीय बजारमा नै खपत भएको उनको भनाइ छ । काम गर्न सके जे गरेपनि राम्रो गर्न सकिने र काम पाइएन भनेर भौतार्रिर हिँड्नु पर्ने अवस्था नरहेको उनले बताइन् । 

अझ महिलाहरुका लागि यो व्यवसाय झन् प्रभावकारी हुने उनी बताउँछिन् । अहिले झिलिङ्गा निमार्णका लागि आफ्नो परिवारै खटिएको उनले बताइन् । 

त्यस्तै अर्की स्थानीय जुन माया श्रेष्ठले यही व्यवसायबाट तिहारमा खर्च कटाएर ३ लाख कमाएको बताइन् । 
तिहारको बेला आफूहरुले नियमित बनाउने र अरु बेला भने माग अनुसार बनाउने गरेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस