नेकपाका विद्यार्थी नेतालाई बैँस चढेपछि प्रहरी खोरमा

सफल खबर संवाददाता

मंगलबार, १२ कार्तिक २०७६, १२ : ०१
नेकपाका विद्यार्थी नेतालाई बैँस चढेपछि प्रहरी खोरमा

एक १८ वर्षकी किशोरीलाई बलात्कार गरेको आरोपमा अखिलका केन्द्रीय सदस्य पक्राउ परेका छन् ।

किशोरीको बयान र उजुरीका आधारमा अखिलका केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई महानगरीय प्रहरी वृत्त बौद्धले मङ्गलबार बिहान पक्राउ गरेको हो ।

उनी आरआर क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका बहालवाला सह–सचिवसमेत हुन् 

पीडित किशोरीले सोमबार राती प्रहरीलाई सम्पर्क गरी आफूलाई राईले बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

त्यसलगत्तै परिचालन भएको प्रहरीले किशोरीलाई राती नै उद्धार गरेको थियो भने आरोपित राईलाई भने आज बिहान ६ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस