बस दुर्घटनामा १४ घाइते

सफल खबर संवाददाता

सोमबार, ११ कार्तिक २०७६, २० : ०७
बस दुर्घटनामा १४ घाइते

अर्घाखाँची । सितगङ्गा नगरपालिका  जुकेना रातामाटामा यात्रु बाहक बस  अर्घाखाँचीकाे सितगङ्गा नगरपालिका वाड न.५ जुकेनाको रातामाटामा बस दुर्घटना भएको छ । सन्धिखर्क नगरपालिका बाट सितगगगा नगरपालिका जुकेना जाँदै गरेकाे लु २ ख ६६१ को बस बेक्र फेल भएपछि दुर्घटना भएको छ । 

दुर्घटनामा परि १४ दुइ जना  गम्भीर घाइते छन् । गम्भीर घाइते   ९ जनालाई बुटवल रिर्फर गरिएको प्रमुख जिल्ला अधिकारी विजयराज पाैडेलले जानकारी दिए । अन्यकाे स्थानीय स्वास्थ्य सस्थामा उपचार भईरहेकाे छ ।

अर्घाखाँचीको ठाडा अमराई जुकेना जलुके सडकखण्डको रातामाटा मनकामना भगवती माता मन्दिर  नजिकै सोमवार  दिउँसो बस दुर्घटना हुदा १७ जना  घाईते भएका छन् । अमराई बाट शिबाहदह यात्रु बोकेर जाँदै गरेको लु २ ख ६६१ नम्बरको बसको ब्रेकको पाईप एक्कासी फुटेपछी अनियन्त्रित भई दुर्घटना भएको हो ।  

घाईतेहुनेहरूमा अर्घाखाँची सिनपा १३ का ४ बर्षिय असोक परियार , सिनपा ६ जुकेनाका ३१ बर्षिय माधवराज भुसाल,सिनपा ७ जुवाकोटका ४६ बर्षिय उमा लामिछाने , सिनपा ५ जुकेनाका ३० बर्षिय हिमराज पौडेल , शिनपा ६ दाङसिङका २० बर्षिय खिमा परियार ,शिनपा ४ ओखलढुंगाका ३२ बर्षिय अनिता थापा ,शिनपा ५ चाकलढुङगाका २८ बर्षिय दिपकराज पौडेल  , शिनपा ७ जुकेनाका ४ बर्षिय बालक सुवास महत र शिनपा ६ खमारीबासका ३२ बर्षिय सुमित्रा भाट क्षेत्री रहेका छन् ।

यसै गरि कपिलवस्तु  सिवराज नगरपालीका ४ चनौटाका ६२ बर्षिय रूमकला पौडेल , सिवराज नगरपालीका  ३ खैरेनीपुर कपिलवस्तुका ६२ बर्षिय तोयनारायण बन्जाडे , शिवराज ३ कै ३१ बर्षिय हुमलाल पौडेल, ६० बर्षिय चुमकला बिक , ४ नम्बर कटुवाटोल कपिलवस्तुका ३० बर्षिय सीता थारू र रूपन्देही बुटवल उपमहानगरपालीकाका ३१ बर्षिय तुलाराम बन्जाडे  घाईते भएका छन् । घाईते मध्ये उमा लामिछाने, हिमराज पौडेल, चुमकला बिक , सीता थारू र सिनपा ६ जुकेना दाङसिङका  ४ बर्षिय श्रीधर नेपालीलाई थप उपचारका लागि अन्चल अस्पताल बुटवल पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस