२५ भीआईपी जुवाडे प्रकरणः नछुट्ने भए तिहारअघि

सफल खबर संवाददाता

सोमबार, ११ कार्तिक २०७६, १८ : ०१
२५ भीआईपी जुवाडे प्रकरणः नछुट्ने भए तिहारअघि

काठमाडौँ । महराजगञ्जस्थित होटल साम्बेला नजिकैबाट शनिबार पक्राउ परेका २५ भीआईपी जुवाडेको तिहार हिरासतमै हुने भएको छ ।

उनीहरुलाई छुटाउन भनेर एक जुवाडेकी आफन्त रेखा कुँवरले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएपनि तिहार बिदामा समयअभावका कारण बन्दी प्रत्यक्षीकरणको कार्वाही प्रक्रिया पछि सरेपछि उनीहरु प्रहरी हिरासतमै रहने भएका हुन् । 

अब भाइटीकाको भोलिपल्ट (बुधबार) मात्र उनीहरुको विषयमा  पक्राउ र थुना गैरकानुनी हो कि होइन भनेर बहस हुनेछ र गैरकानुनी देखिए थुनामुक्त हुनेछन् ।

पक्राउ परेका जुवाडेको साथबाट प्रहरीले २ करोड ६७ लाख नगद र तीन लाखको चेक बरामद गरेको थियो । 

प्रतिक्रिया दिनुहोस