पशु क्वारेन्टाईन कार्यालय चितवनमा राम किसोर शाहको असुलि धन्दा

सफल खबर संवाददाता

सोमबार, ११ कार्तिक २०७६, १७ : २०
पशु क्वारेन्टाईन  कार्यालय चितवनमा राम किसोर शाहको असुलि धन्दा

चितवन । पशु क्वारेन्टाईन कार्यालय रामनगरका प्रमुख राम किसोर साहले असुलि धन्दा मच्चाएका छन । पशु पंक्षि ओसार पोसार गर्ने सवारी चालक सँग  शाहले १०० रुपैया देखि २ हजार रुपैया सम्म प्रति सवारी साधन पैसा उठाउने गरेको सवारी चालकहरुले बताएका छन् ।

शाहले अण्डा बोेकेको गाडी संग प्रतिगाडी १०० कुखुरा र माछा बोकेको गाडी संग प्रति गाडी न्युन्तम १०० र  भैंसी रागा गाई गोरु बोकेको गाडी सँग ५०० रुपैया देखी माथी ५ हजार सम्म रकम असुल्नी गरेको गुनासो चालकहरुको छ ।

बिभिन्न ठाउँ बाट ल्याईएका राजमार्ग हुदै निकासी पैठारी हुने पशु पंक्षि निरोगी छन् / छैन्न भनि जाच गर्नका लागी रामनगरमा क्वारेन्टाईन पोष्ट राखिएको हो । तर यहाँ का प्रमुख शाहले पशु पंक्षि ल्याईएको सवारी साधन हेर्दै नहेरी सिधै पैसा लिने र छाप हानेर पठाउँने गरेको गुनासो आएको  छ।  ।

पशु ढुवानी मापदण्ड बिपरित पशु ढुवानी गरेमा पाच हजार सम्म जरिवनाको ब्यवस्था एनमा रहेको छ । तर शाहले पशु ढुवानी मापदण्ड बिपरित ट्रकमा लोड गरि ल्याईएको अवस्थामा जरिवना काट्नुको साटो पैसा लिने र छाड्ने गरेको स्रोतको दाबि छ ।  उनले ब्यापारीलाई धम्काएर पैसा असुल्ने गरेको सवारी चालकहरु बताउछन् ।   उनले ट्रक चालक सँग अत्याधिक पैसा असुल्न थालेपछि त्यहीका अन्य कर्मचारीले बिरोद्ध जनाएपछि उनि केही समय अगाढी सरुवा भएर गएका थिए । पछि फेरी शक्ती केन्द्र रिजाएर उनि असुली धन्दा मच्चाउन चितवन आएको स्रोत बताउछ ।

स्रोतका अनुसार शााहले मासिक २ देखी ३ लाख सम्म कमाउने गरेका छन् । आईतबार सोमबार मंगलबार र शुक्रबार  भैंसी  ल्याउने  बार भएको र यो दिन दैनिक ३० वटा सम्म  भौसिको गाडी आउने गरेको हुन्छ  ।  त्यसबाट शाहले  १५ हजार सम्म पैसा उठाउने गरेका छन  ।

भैंसी  सामान्य अवस्थामा ल्याएको भए २०० र नाक पुच्छर बाधेर ल्याएको छ भने रसिद बिनानै ५ हजार सम्म लिने गरेर चर्को असुली गर्दै आइ रहेका छन ।

बुधबार र आईतबार चल्लाको बार भएको आफनो बारमा चल्ला दैनिक १०० गाडी सम्म आउने गरेको बताईएको छ ।
साहले औसतमा दैनिक  १० हजार कमाउने गरेका छन् ।   यो बिषयमा अत्याधिक गुनासो आएपछि उनलाई भेट्न कार्यकक्षमा पुग्दा उनले न्युज नलेख्नु मिलाउला भन्दै प्रलोभन समेत देखाएका थिए ।

सवारी चालकहरुसँग पैसा किन लिनु भएको भनेर प्रश्न  गर्दा आफुले अफिस समयमा पैैसा नलिने र चैबिसै घन्टा ड्युटी गर्नु परेकाले केही सवारी साधनले आफै थोरै पैसा दिने गरेको उनले बताए ।

उनले दुईवटा छाप बनाइ  एउटा अफिसमा छाड्ने र अर्को छाप खल्तीमा राखेर बाटोमा कती बेला  भैंसीको गाडी आउला र  बाटैबाट पैसा लिइ छाप हानेर पठाउ भन्ने मै उनको दिन केन्द्रित हुन्छ  
भन्ने समेत गम्बिर आरोप लागेको छ ।

शाहले असुलि धन्दा मच्चाएको बिषयमा पशु क्वारेन्टाईन कार्यालय काठमाण्डौका प्रमुख श्रीराम अधिकारी जानकार रहेको तर उनले शाहलाई हटाउनुको साटो झन संरक्षण गरेर राखेको बुझिएको छ ।

 

प्रतिक्रिया दिनुहोस