जीपबाट खसेर एक जनाको मृत्यु

रासस

सोमबार, ११ कार्तिक २०७६, १६ : ३३
जीपबाट खसेर एक जनाको मृत्यु

प्रतिकात्मक फोटो

काठमाडौैं । जीपबाट खसेर  एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका–७ किम्तोलीका  १५ वर्षीय सुवास चन्द रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायब निरीक्षक वीरभद्र खडायतले जानकारी दिनुभयो ।

आइतबार किम्तोलीबाट डडेल्धुरातर्फ जाँदै गरेको म१ज १६८ नं को जीपमा सवार चन्द खसेर घाइते भएका थिए । उनको आज मृत्यु भएको हो । जीपको पछाडि झुण्डिएर यात्रा गरिरहेका चन्द  खसेर घाइते भएको खडायतले बताउनुभयो । घटनाबारे जानकारी लिन इलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा गएको प्रहरी निरीक्षक किसन चन्दले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस