यसरी जोगिए जुवाको खालबाट पक्राउ पर्नबाट राज्यमन्त्री बुढा

सफल खबर संवाददाता

आइतबार, १० कार्तिक २०७६, १८ : २४
यसरी जोगिए जुवाको खालबाट पक्राउ पर्नबाट राज्यमन्त्री बुढा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा जुवाको खालबाट ३० मिनेटअघि निस्किँदा प्रहरीको पक्राउ फन्दाबाट जोगिएका छन् ।

प्रहरीले आइतबार बिहान करिब २ बजेतिर काठमाडौं महानगरपालिका-३ पिपलमार्गस्थित विक्रम गौतमको घरमा छापा मार्‍यो । त्यस घरभित्र उच्च व्यापारिक घराना र प्रतिष्ठित भनिएका व्यक्तिहरु पनि लाखौं रकम दाउमा राखेर जुवा खेल्न मस्त थिए । त्यहाँ मिनी क्यासिनो चलि रहेको थियो ।
त्यहाँबाट प्रहरीले दुई करोड ६७ लाख नगदसहित २५ जना जुवाडेलाई पक्राउ गरेको छ ।

प्रहरी स्रोतका अनुसार उक्त घटनामा मन्त्री बुढासमेत जुवा खेल्न पुगेका थिए । पक्राउ परेकामध्ये एक जनाले मन्त्री बुढासमेत जुवा खेल्न महाराजगञ्ज पुगेको र प्रहरी पुग्नुभन्दा ३० मिनेटअघि मात्र जुवाको खालबाट उठेको बताए ।

प्रतिक्रिया दिनुहोस