सहरभित्रको सहर सिजी ल्याण्डमार्कमा ग्राहकको घुइँचो, छोटो समयमा ४ लाखले गरे अवलोकन (फोटोफिचर)

सफल खबर संवाददाता

शनिबार, ०९ कार्तिक २०७६, २० : ३०
सहरभित्रको सहर सिजी ल्याण्डमार्कमा ग्राहकको घुइँचो, छोटो समयमा ४ लाखले गरे अवलोकन (फोटोफिचर)

चितवन । चितवनको भरतपुर ओरालोमा सञ्चालनमा आएको सिजि ल्याण्डमार्कमा ग्राहक तथा अवलोकनकर्ताहरुको घुँइचो लागेको छ । दशैँको अवसरपारी औपचारीक रुपमा सञ्चालनमा आएको ल्याण्डमार्कमा दैनिक हजारौँ दर्शक तथा ग्राहकहरु पुग्नेगरेका छन । 

दैनिक ६, ७ हजार जनाको हाराहारीमा दर्शक तथा ग्राहरुहरु ल्याण्डमार्क पुग्ने गरेको म्यानेजर उज्वल केसीले बताए । अहिले दशैँ तिहार विशेष विभिन्न कार्यक्रमहरु सञ्चालन भईरहेको छ । ग्राहकलाई उपहार योजना तथा लाईभ सास्कृतिक कार्यक्रमहरु दैनिक रुपमा भईरहेका छन । 

ल्याण्डमार्क सञ्चालनमा आएको छोटो समयमा उत्साहजनक कारोवार भएको म्यानेजर केसीको भनाई छ । उनका अनुसार अहिलेसम्म करिव ४ करोडको कारोवार भईसकेको छ । 

करिव ४ लाखले अवलोकन गरीसकेको म्यानेजर केसीले बताए । रंगीचंगी फुलहरुले सजाईएको ल्याण्डमार्कमा आकर्षक प्रवेशद्धार बनाइएको छ । बालबालीकादेखि युवा तथा वृद्धवृद्धाहरु पनि घुम्नका लागी जानेगरेका छन भने फोटो, सेल्फिमा रमाउनेगरेका छन । 

सहरभित्रको सहर सिजी ल्याण्डमार्कमा सुन देखि नुनसम्मको वस्तु तथा सेवा पाईनेभएकाले ग्रहकहरुको दिनानुदिन भिड लाग्नेगरेको उनको भनाई छ । 

प्रतिक्रिया दिनुहोस