पाकिस्तान सँगको भिडन्तमा ज्यान गुमाएका पाल्पाका श्रेष्ठको भारतमै अन्त्येष्टि गरियो

सफल खबर संवाददाता

शुक्रबार, ०८ कार्तिक २०७६, १५ : ०७
पाकिस्तान सँगको भिडन्तमा ज्यान गुमाएका पाल्पाका श्रेष्ठको भारतमै अन्त्येष्टि गरियो

बुटवल । गत शनिबार राति भारत–पाकिस्तान सीमा क्षेत्रमा पाकिस्तानी सैनिकसँगको भिडन्तमा ज्यान गुमाएका नेपाली मुलका गमिल श्रेष्ठको अन्त्येष्टि भारतमै गरिएको छ ।

पाल्पाको रामपुर नगरपालिका–४ स्थायी ठेगाना भएका २१ वर्षीय श्रेष्ठको दाहसंस्कार भारतीय सेनाले बनारसको काशीघाटमा गरेको हो । 

गमिलका बाबु रुद्रनारायण श्रेष्ठ र दाजु गणेश श्रेष्ठ गमिलको अन्त्येष्टिमा सामेल हुन भारत पुगेका थिए । 

छिमेकी कृष्णप्रसाद आचार्यका अनुसार श्रेष्ठको काजकिरिया उनका ९७ वर्षीय हजुरबुवाले गर्दैछन् । 

प्रतिक्रिया दिनुहोस