“ट्रक भित्र मृत भेटिएका ३९ जना सबै चिनियाँ”

रासस

विहीबार, ०७ कार्तिक २०७६, २० : ३३
“ट्रक भित्र मृत भेटिएका ३९ जना सबै चिनियाँ”

लण्डन । बेलायतमा एउटा ट्रकभित्र भेटिएका सबै शव चिनियाँ नागरिकको भएको बताइएको छ । 

बेलायती सञ्चार मध्यमहरुले स्रोतले उद्धृत गर्दै सम्प्रेषण गरेको समाचार अनुसार उनीहरु सबै चिनियाँ नागरिक भएको पुष्टी भएको हो ।  

पीडितहरु ट्रकको पछाडिको भाग कन्टेनरमा पूर्वी लण्डनको ग्रेज भन्ने स्थानमा मृत अवस्थामा बुधबार भेटिएका हुन् । उनीहरु बेल्जियमबाट डुङ्गामा यहाँ आएको बताइएको छ ।   

आप्रवासन कार्यालयमा कार्यरत प्रहरीले उनीहरुको पहिचान गर्नु नै आफूहरुको प्रारम्भिक काम भएको बताएका छन् । 

मृतकमध्ये ३८ जना बयस्क र एक जना किशोर रहेको अधिकारीहरुले जानकारी दिएका छन् । 

शवहरु रहेको ट्रक बुधबार नै अति गोप्य तथा सुरक्षित ठाउँमा राखिएको अधिकारीहरुको भनाई छ । घटनाका बारेमा प्रहरी र चिनियाँ दूतावासले केही प्रतिक्रिया दिएका छैनन्  ।  

यसअघि सन् २००० मा पनि ५८ चिनियाँको शव डेनमार्कको ट्रकमा भेटिएको थियो । त्यतिबेलाको ट्रक दक्षिणपूर्वी बेलायती बन्दरगाहमा भेटिएको थियो । त्यहाँ भने दुई जना जीवितै थिए । 
 

प्रतिक्रिया दिनुहोस