नारायणगढ बजारका ३ मिठाई पसललाई जरिवाना

सफल खबर संवाददाता

विहीबार, ०७ कार्तिक २०७६, १८ : ३१
नारायणगढ बजारका ३ मिठाई पसललाई जरिवाना

चितवन । भरतपुर महानगरको संयुत्त अनुगमन टोलिले नारायणगढ बजारका ३ मिठाई पससललाई जरिवाना गरेको छ । कार्यालयका अनुगमन अधिकारी अनुज घिमिरेको नेतृत्वमा गएको संयुत्त अनुगमन टोलिले सहिदचोकदेखि बेलचोक सम्मको सडकमा रहेको ३ मिठाई पसललाई जरिवाना गरेको हो । कार्यालयले संकर मिठाई पसल, शुभम् मिष्ठान्न र पुजा स्विटलाई पाँचपाँच हजार जरिवाना गराएको हो । मिठाई पसलमा अत्याधिक फोहोर भेटिएको खाना बनाउने र भाडा माझ्ने ठाउँ एकै ठाउँमा रहेको र खाद्य स्वच्छतामा ध्यान नदिएको पाइएकाले उनीहरुलाई जरिवाना गरिएको अनुगमन अधिकारी अनुज घिमिरेले बताउनु भयो । 

संकर मिठाई पसल, शुभम् मिष्ठान्न नेपालिका नाममा दर्ता गरी भारतियले चलाएको सो क्रममा भेटिएको थियो । संकर मिठाई पसल गैंडाकोटका भुमिश्वर सापकोटाको नाममा दर्ता भई भारतीयले चलाएको र शुभम् मिष्ठान्न नबिन काफ्लेको नाममा दर्ता गरि भारतीय नागरिक सुरेन्द्र शाहले चलाएको पाइएको उहाँ बताउनु हुन्छ । उनीहरुलाई दर्ताका सबै कागजात लिएर कार्यालयमा आउन भनेको उहाँको भनाइ छ । 

टोलिले राम मिष्ठान्न भण्डार, बैष्णव मिष्ठान्न भण्डार र नन्दन मिष्ठान्न भण्डारको पनि अनुगमन गरेको थियो । उनीहरुमा भने कमजोरी नदेखिएको बताइएको छ । चाड पर्वमा मिठाई पसलमा बढी भिड भाड हुने भएकाले यहाँको खाद्य स्वच्छताका लागि आफूहरुले संयुत्त रुपमा अनुगमन तीव्र पारेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख प्रदिप काफ्लेले बताउनुभयो । अनुगमन थप तीवै हुने उहाँको भनाइ छ । 

यो पनि

भेटघाट तास घरलाई महानगरको कडा निर्देशन, प्रशासनलाई अटेर गर्ने भेटघाटले महानगरलाई टेर्ला त ?

प्रतिक्रिया दिनुहोस