जेसिबी पल्टिदा चालकको मृत्यु

विहीबार, ०७ कार्तिक २०७६, १३ : १८
जेसिबी पल्टिदा चालकको मृत्यु

रुकुमपूर्व । जेसिबी पल्टिदा रुकुम(पूर्व) मा एक जनाको मृत्यु भएको छ । भुमे गाउँपालिका–२ को सैपातुन भन्ने ठाउँमा जेसिबी सडकबाट २७ मिटर तल खोलामा खस्दा त्यसका चालक सोही गाउँपालिका–२ काँक्रीका अन्दाजी ४५ वर्षीय दुर्गाबहादुर बुढाको मृत्यु भएको हो । 

आज बिहान उक्त गाउँपालिकाको रा १ २९ ग नम्बरको जेसिबी खाबाङ बगरबाट लुकुम जाने क्रममा मध्यपहाडी लोकमार्गको सैपातुन भन्ने ठाउँमा पल्टिदा त्यसका चालक बुढाको हात खुट्टा मात्र बाहिर देखिएको र अन्य भाग त्यसकै  टायरले कुल्चिएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले बताउनुभयो । अर्को डोजर लगेर बुढाको शव निकालिएको र शव परीक्षणका लागि रुकुमकोट जिल्ला अस्पतालमा लगिएको उहाँले जानकारी गराउनुभयो  । (रासस) 

प्रतिक्रिया दिनुहोस