होचा कलाकार दिपेन शाहको मृत्यु

विहीबार, ३० कार्तिक २०७४, ११ : १८
होचा कलाकार दिपेन शाहको मृत्यु

नेपालका सबैभन्दा होचा कलाकार दिपेन शाहको बिहिबार बिहान निधन भएको छ । पारिवारिका अनुसार केही दिनअघि ज्वरो आएर आस्पताल भर्ना भएका थिए । शाहको उपचारको क्रममा आज बिहान ७ बजे निधन भएको हो । उनीहरुका अनुसार उनको दुई वटै मृगौला फेल भएको र मुटुमा पनि असर पुगेपछि उनको निधन भएको हो ।

२०५५ सालमा दोलखाको भीमेश्वर नगरपालिका मकैवारीमा जन्मिएका कलाकार हाँस्यचलचित्र ‘छेउ न टुप्पो’ र ‘झ्याइँकुटी झ्याइँ’ मार्फत लोकप्रिय बनेका थिए । मात्र ३१ इन्च अग्ला रहेका शाहले ‘सारथी’ नामक चलचित्रबाट अभिनयको यात्रा शुरु गरेका थिए । उनी ललितपुरको डाँफे स्कूलमा कक्षा १० मा अध्ययनरत थिए ।

केही समयअघि उनले विश्वकै सबैभन्दा होँचो कलाकारको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकडमा नाम लेखाउने कोसिस पनि गरेका थिए । उनको स्वास्थ्यमा पहिलेदेखि नै समस्या देखिँदै आएको थियो । यही कारणले उनको परिवार पनि दोलखाबाट काठमाडौँ आएको थियो ।

कलाकार संघका अध्यक्ष राम किशोर बोगटीले श्रृद्धाञ्जलीका लागि उनको पार्थिव शरीरलाई नेपाल एकाडेमी मा राख्ने पहल भइरहेको कुरा बताए ।

 

प्रतिक्रिया दिनुहोस