काठमाडौं । सुन्दरता मान्छेको हेराइमा भर पर्छ पनि भनिन्छ । हिजोआज भने सुन्दरताको मापन पनि वैज्ञानिक पद्धतिमा निकाल्न थालिएको छ ।
हालै गोल्डेन ब्यूटी अफ ब्यूटीका अनुसार संसारकै सर्वाधिक सुन्दर महिलामा अमेरिकी सुपरमोडल बेला हदिद परेकी छिन् ।
२३ वषर््ीया बेला गणितीय समीकरणको सुन्दरता अनुपातमा ९४ प्रतिशत फिट हुँदै सूचीको अग्रपंक्तिमा अटाएकी हुन् ।
सुन्दरताको उक्त अनुपातलाई प्राचीन ग्रीकको ब्युटी फी नामक संयक्तमार्फत चेकजाँच गर्ने गरिन्छ ।
सुन्दरताको उक्त परीक्षणमा ओठको आकारप्रकार, नाक चिउँडो र दन्तलहरसहित अनुहारको बनावटलाई हिसावकिताव गर्ने गरिन्छ । बेलाको अनुहार सर्वाधिक म्याच भएको हो ।
प्रतिक्रिया दिनुहोस