काठमाडौँ । संघीय सांसद प्रमोदकुमार साहलाई जिल्ला अदालत धनुषाले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । आज बुधबार साहलाई अदालत पेस गरिएको थियो ।
अनुसन्धानका लागि प्रहरीले १० दिनको लागि म्याद थपको समय माग गरे पनि अदालतले भने ४ दिनमात्र दिएको हो ।
सर्लाही निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेपछि प्रहरीले मंगलबार पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ असोज २०७६, ११ : २४
लेखकबाट थप