राष्ट्रपति भण्डारी आज म्यानमार जाँदै

सफल खबर संवाददाता

बुधबार, २९ असोज २०७६, ०९ : २६
राष्ट्रपति भण्डारी  आज म्यानमार जाँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज म्यानमार जाँदैछिन् । पाँचदिने भ्रमणका लागि उनी अहिले विहान ११ बजे त्यसतर्फ प्रस्थान गर्न लागेकी हुन् । 

उनीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञावाली पनि भ्रमण टोलीमा हुनेछन् । म्यनमार भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले त्यहाँका राष्ट्रपति विन्ट र स्टेट काउन्सिलर आङ साङ सुचीसँग आपसी हित तथा द्विपक्षीय सम्बन्धबारे कुराकानी गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले नेपाली मूलका म्यानमारका नागरिकहरुसँग पायन यु लायनमा भेट्ने समेत कार्यक्रम छ । उनले राजधानी यंगुनको ऐतिहासिक स्थानहरुको समेत भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस