कश्मीर मुद्दाले यसरी बिग्रियो भारत–मलेसियाको सम्बन्ध

सफल खबर संवाददाता

बुधबार, २९ असोज २०७६, ०७ : १७
कश्मीर मुद्दाले यसरी बिग्रियो भारत–मलेसियाको सम्बन्ध

फाइल फोटो

काठमाडौं । गत वर्षको अगस्ट महिनामा इमरान खान पाकिस्तानका प्रधानमन्त्रीमा निर्वाचित भए । त्यसको तीन महिनाअघि ९२ वर्षीय महाथीर मोहम्मद मलेसियाको प्रधानमन्त्री बनेका थिए । 

इमरान र महाथीर दुबै जना भ्रष्टाचार नियन्त्रको मुद्दाका कारण चुनावमा सफल भएका थिए । 

सन् २०१८ को नोभेम्बरमा मलेसिया भ्रमणमा रहेका इमरानलाई भव्य स्वागत गरियो । भ्रमणका क्रममा उनले इमरानले ‘पाकिस्तान र मलेसिया निकट मित्र रहेको उल्लेख गर्दै सँधै साथमा रहेको’ बताए । 

महाथिरले पाकिस्तानलाई ऊर्जा सुरक्षामा मद्यत गर्ने प्रतिबद्धता जनाएपछि भारतसँगको सम्बन्ध चिसियो । यस्तै जम्मु कश्मीरको विशेषाधिकार खारेज गर्ने भारत सरकारको निर्णयको प्रतिक्रियामा मलेसिया पाकिस्तानको पक्षमा उत्रियो । 

मलेसियाली प्रधानमन्त्री कश्मीर मुद्दामा पाकिस्तानको पक्ष लिएपछि सम्बन्ध थप बिग्रिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस