१२ वर्ष अगाडि यस्तो अपराध गरेका थिए कांग्रेस सांसद आलामले

प्रहरीले नै लुकाएको थियो घटना

सफल खबर संवाददाता

सोमबार, २७ असोज २०७६, ०८ : ०७
१२ वर्ष अगाडि यस्तो अपराध गरेका थिए कांग्रेस सांसद आलामले

काठमाडौं । १२ वर्ष अगाडि राजनीतिक आडमा प्रहरीले लुकाएको घटनामा कांग्रेसका एक जना सांसद पक्राउ परेका छन् । चुनाव जित्नका लागि आफैले गाउमा वम विस्फोट बनाएर जनता आतंकित पार्ने र भएभरका भोट एकतर्फी रुपमा कब्जामा लिई एकतर्फी आफूलाई मात्र हाल्ने योजना अनुरुप कांग्रेस सांसद मोहम्मद आफताव आलामले २०६४ सालमा वम विस्फोटको योजना बनाएका थिए ।

त्यसबेला पहिलो संविधानसभाको चुनाव हँुदै थियो । २०६४ चैत २८ मा संविधानसभाको चुनाव तोकिएको थियो । आलाम कांग्रेसका तर्फबाट रौतहट २ का उम्मेदवार थिए ।

देशभर माओवादीको प्रभाव रहेको र चुनाव जित्नका लागि अनेक तिकडमवाजी अन्य राजनीतिक दलले अवलम्वन गर्नुपर्ने देखेपछि मोहम्मद आफताव आलामले आफ्नै गाउँको वुथ कब्जा गर्ने रणनीति केही सहयोगीसँग मिलेर बनाएका थिए ।

आलामले आफ्नै निवास छेउमा विस्फोट गराउने र गाउँभरी विस्फोट भएको हल्ला फिजाएर प्रहरीको समेत साथ लिएर गाउँको वुथ एकलौटी कब्जा गरेर आफ्नो पक्षमा मतदान गराउने योजना बनाए । त्यही क्रममा उनले चुनावको अघिल्लो दिन बम बनाउन आफ्नै काका तथा पूर्वमन्त्री शेख इद्रिसको घरमा बम बनाउनका लागि केही मान्छेहरुलाई बोलाएका थिए ।

त्यसै योजनाका रुपमा बोलाइएका थिए,– त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँ लगायतका युवाहरु । सर्वसाधारणलाई आतंकति बनाउन आफैले बम बनाएर विस्फोट गराउने योजना अनुसार वम बनाउँदै गर्दा उनीहरु स्वंयम आन्तरिक दुर्घटनामा परे । वम बनाउँदै गर्दा विस्फोट भयो, त्रिलोक लगायतका केही युवाहरु आफै घाइते भए ।

त्यसपछि भने कांग्रेस सांसद मोहम्मद अफताव आलामले घटना सार्वजनिक हुने डरले वम बनाउन आफैले प्रयोग गरेका मान्छेलाई नजिकैको इटटाभटटामा जिउँदै लगेर जलाईदिए ।

१२ वर्ष अघिको यही घटनामा प्रहरीले अन्ततः उनलाई हिजो रौतहटबाट पक्राउ गरेको छ । त्यसबेला प्रहरीको संरक्षणमा घटनालाई गुपचुप बनाउन खोजेका र सार्वजनिक भएपनि आफू निर्दाेष रहेको भन्दै आलामले राजनीतिक आडमा प्रहरीमाथी दवाव बढाई घटना गुपचुप बनाउँदै आएका थिए ।

उनले यतिसम्म गरेका थिए की, राजनीतिक संरक्षणका आधारमा मुद्दा नचल्ने भनी तत्कालिन कांग्रेसका महान्यायधिवक्ता यज्ञमुर्ति वन्जाडेलाई समेत प्रभावमा पारेर महान्यायधिवक्ताको कार्यालयले मुद्धा नचल्ने सम्मको निर्णय गराएका थिए ।

तर ७ वर्षपछि सर्वाेच्च्ले पीडित परिवारका सदस्यको उजुरीका आधारमा तत्कालिन महान्याधिवक्त कार्यालयको त्यक्ति बेलाको निर्णय उल्टायाउनु र अनुसन्धान गर्नु भनीे आदेश दिएको थियो ।

त्यसपछि पनि उनी सात वर्षसम्म निर्धक्क सँग हिडडुल गर्नेदेखि चुनाव लडेर एकपटक हार्ने र फेरी जित्ने काममा लागेका थिए ।
०७० को दोश्रो संविधानसभामा उनी पराजित भए पनि २०७४को चुनावमा फेरी उनी जितेर आएका थिए ।

सर्वाेच्चको त्यही आदशेका आधारमा उनलाई हिजो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्दा उनी आफन्तको विहेमा भारतीय नम्वर प्ल्ेटको गाडीमा चढेर जाँदै थिए । प्रधानमन्त्रीक केपी शर्मा ओलीले प्रहरी दिवसका अवसरमा पद र अनुहार हेरेर अनुसन्धान प्रक्रिया नरोक्न दिएको निर्देशनका आधारमा आलाम पक्राउ परेका हुन् ।

उनलाई प्रक्राउ गर्नु अघि प्रहरीले हिजै प्रतिनिधीसभाका उपसभामुख शिवमाया तुम्वाहाम्फेलाई जानकारी गराएर पक्राउ गरेको थियो ।

उनी पक्राउपछि अब उनको सांसद पद समेत निलम्वनमा परेको छ । त्यसको जानकारी आजै संसद सचिवालयले सूचना जारी गरि गराउन लागेको छ ।

यस्तो थियो घटना
२०६४ चैत २७ गते गाउमा वम बनाउदै गर्दा विस्फोटमा परेर धेरै मानिस हताहत भए । नेपाल प्रहरीको तात्कालिन एसपी लक्ष्मण न्यौपाने, शसस्त्रको एसपी रामकृष्ण लामा सहतिको सुरक्षाकर्मीको टोली घटनास्थल पुग्यो । तर उनीहरुले त्यहा विस्फोट भएको कुनै प्रमाण फेला पारेनन ।

निर्वाचनमा वम विस्फोट गराई विपक्षीलाई आतंकित पार्ने र एकतर्फी रुपमा मत खसाल्ने योजनामा आलाम आफैले विस्फोट भएको हल्ला चलाएका थिए ।

त्यही क्रममा आलामकै मान्छेहरु वम ओसार्ने र वनाउने तयारीमा लागेका थिए । चुनावमा आफ्नो विपक्षमा मत खसाल्ने कोही नआओस भन्ने ध्येय राखेर आलामले त्यो राणनीति बनाएका थिए ।

आफैले वम बनाइरहँदा आन्तरिक दुर्घटना भएर त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँ लगायत घाइते भएका थिए । तर उनीहरुलाई उपचार गराउनुको साटो घटना सार्वजनिक हुने डरले आलामले नजिकैको इट्टाभट्टामा जिउँदै हाली मारेका थिए ।

त्यसबेला पीडित परिवारले आलामको डरले उजुरी इलाका प्रहरी कार्यालयले दर्ता गर्न नमानेपछि हुलाकबाट उजुरी दर्ता गराइएको थियो ।

त्यस्तो उजुरीका आधारमा मुद्धा नचल्ने भन्दै २०६५ असार ३० मा तत्कालिन महान्याधिवक्ता यज्ञमूर्ति वन्जाडेले मुद्धा नचल्ने निर्णय गरेका थिए ।

पछि पीडितको किटानी जाहेरीका आधारमा २०६५ असार १ र ९ गते सांसद अलाम, उनका भाई महताव आलामसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

एकै दिन चार जनाको म्याद थप गरी अनुसन्धान सकेर सरकारी वकिलको कार्यालय गौरमा मिसिल पेश गरेर साझ प्रमाण नुपुगेको भन्दै जमानीमा सरकारी वकिलको कार्यालयले छोडेको थियो । ७ वर्ष अगाडि भने सर्वाेच्च्ले यस घटनामा अनुसन्धान गनुपर्ने भन्दै मुद्धा अगाडि बढाउने निर्णय गरेको थियो ।

त्यसपछि पनि उनलाई राजनीतिक आडमा प्रहरीले पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउन सकेको थिएन ।

आलम २०५१ सालदेखि सांसद हुदै आएका छन् । २०७४ मा उनले चुनाव हारेका थिए । उनी श्रममन्त्री समेत भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस