चिनियाँ राष्ट्रपतिलाई दिइने रात्रीभोजमा जानेलाई परराष्ट्रको सातबुँदे शर्त

निम्तालुलाई परराष्ट्रको शर्त : मोवाइल स्वीच अफ गर्नुपर्ने, फोटा खिच्न नपाइने, चिनियाँ राष्ट्रपति नफर्केसम्म उठेर कतै हिँड्न नपाइने

सफल खबर संवाददाता

शुक्रबार, २४ असोज २०७६, १० : ५२
चिनियाँ राष्ट्रपतिलाई दिइने रात्रीभोजमा जानेलाई परराष्ट्रको सातबुँदे शर्त

काठमाडौं ।  चिनियाँ राष्ट्रपति सि जिनफिङलाई राष्टपति विद्यादेवी भण्डारीले भोलि साँझ होटल सोल्टीमा रात्रीभोज दिन लागेकी छिन् । राष्ट्रपतिको आयोजनामा रात्रीभोज हुन लागे पनि तयारीको सम्पूर्ण ब्यवस्थापनको पाटो भने परराष्ट्र मन्त्रालयले गरिरहेको छ ।

भोजका लागि परराष्ट्रले सहभागीलाई निम्तोकार्ड पठाईसकेको छ । भोजमा सहभागी हुने नेपालीलाई ७ वुँदे शर्त राख्दै नियमभित्र वस्नुपर्ने शर्त पनि पहिले नै पठाईसकेको छ ।

भोजका लागि निम्ता पाएपनि सहभागी हुने नहुने पनि पहिले नै जानकारी दिनुपर्ने, मोवाइल फोन स्वीच अफ गर्नुपर्ने देखि तस्विर लिन नपाउने सम्मका शर्त परराष्ट्र मन्त्रालयले पठाएको निम्तो कार्डमै नथ्थी गरिएको छ ।

यस्ता छन् सातबुँदे शर्त :

१) पुरुषको हकमा राष्ट्रिय पोशाक वा कालो डार्क सुट, सेतो सर्ट, तुना वाध्ने छालाको कालो जुत्ता र महिलाको हकमा राष्ट्रिय पोशाक सारी वा डार्क सुट अनवार्य रुपमा लगाउनु पर्ने ।

२) सिटिङ ब्याङकेट भएको हुनाले निम्ता कार्ड प्राप्त हुनासाथ सहभागी हुने वा नहुने जानकारी शीघ्र गराउनु पर्ने ।

३) सुरक्षा जाँचको कारण निम्ता कार्डमा तोकिएको समयभन्दा ४५ मिनेट अगावै भोज स्थल पुग्नुपर्ने ।

४) मोवाइल फोन स्वीच अफ गर्नुपर्ने, तस्विर खिच्न नपाइने ।

५) प्रमुख अतिथिले खाना ग्रहण गर्न शुरु गरेपछि मात्र आफुले शुरु गर्नुपर्ने ।

६) सिटिङ डिनर चलिरहेको वेला उठ्न नपाउने, र प्रमुख अतिथि हल बाहिर निस्केपछि मात्र उठ्न पाउने ।

७) पाहुनालाई प्राथमिकता दिनु पर्ने ।

प्रतिक्रिया दिनुहोस