बाजुरामा नमुना मतदान

बुधबार, २९ कार्तिक २०७४, १९ : २९
बाजुरामा नमुना मतदान

 


बाजुरा । मंसिर १०  गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको  निर्वाचनमा बदर मत कम गर्न जिला निर्वाचन कार्यालय बाजुराले आज बुढीगंगा नगरपालिका–६ मा रहेको बडीमालिका क्याम्पसमा नमुना मतदान गरेको छ ।

जिल्लामा निर्वाचन कार्यालय बाजुराले मतदाता शिक्षालाई प्रभावकारी बनाउन नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराका सूचना अधिकारी मनाबहादुर थापाले बताउनुभयो । नमुना मतदान कार्यक्रमले आफूलाई आसन्न निर्वाचनमा सहयोग पुग्ने स्थानीयवासी शरद ल्वारले बताउनुभयो ।

नमूना मतदानमा भाग लिएका रंगे नेपालीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफूले रोजेका उम्मेदवारलाई सही ढंगले मतदान गर्ने बताउनुभयो । जिल्ला निर्वाचन कार्यालय बाजुराले जिल्लाभर अहिले नौवटा स्थानीय तहमा एक सय निर्वाचन शिक्षा कार्यकर्ता खटाएको छ ।

बुढीगंगा नगरपालिका–६ मा गरिएको नमुना मतदानको क्रममा देखिएका त्रुटिलाई निर्वाचन कार्यालय बाजुराले ध्यानमा राखेर मतदाता परिचयपत्र लिन आउने मतदातालाई मतदानका विषयमा जानकारी गराउने बताएको छ । (रासस)

 

प्रतिक्रिया दिनुहोस