के गर्लान् अब सभामुख महराले ? उनका सामु छन् यस्ता ४ विकल्प ?

सफल खबर संवाददाता

मंगलबार, १४ असोज २०७६, १२ : ००
के गर्लान् अब सभामुख महराले ? उनका सामु छन् यस्ता ४ विकल्प ?

काठमाडौं । आफ्नै संसद सचिवालयका एक कर्मचारीलाई यौन दुव्र्यवहार गरेको अभियोग लागेका सभामखु कृष्णबहादुर महराले अब के गर्लान् ? अहिले सर्वत्र चासोको विषय बनेको छ ।
सभामुख महरा विवादमा तानिएपछि नेकपाका अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री केपी ओली, महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङका वीचमा विहान वालुवाटारमा छलफल भएको छ ।
 
त्यो छलफल अगाडी दुवै अध्यक्षले महरासँग पन िघटनाको वारेमा यर्थाथता के हो भनी जिज्ञासा राखेको र महराले दुवै अध्यक्षलाई आफनो कुरा राखेका छन् ।

अहिले नेकपा सचविालय वैठक आकस्मिक रुपमा वालुवाटारमा केही वेर अगाडीवाट शुरु भएको छ । सचिवालयले महरा प्रक्रणका विषयमा छलफल गर्न लागेको नेताहरुको भनाई छ ।

महराका सामु अव ४ विकल्प देखिएको सचिवालयका एक् सदस्यले वताए । उनका अनुसार त्यसमध्ये कुनै एउटा किवल्पमा पुगेर तत्कालका लागि यो प्रकरणलmे विट मार्ने देखिन्छ ।

यस्ता छन महराका किवल्प

१) राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्ने

गम्भिर यौन दुब्र्यहवारको आरोप लागिसकेपछि महराका सामु सहज रुपमा राजीनामा दिएर अनुसन्धानलाई सघाउने पहिलो किवल्प छ । सवैभन्दा उपयुक्त विकल्प पनि यही हुने नेकपाका नेताहरुले नै महरालाई सुझाईरहेका छन् ।

नैतिकता सवैभन्दा ठूलो कुरा हुने भएकोले आफु निर्दाैेष छु भन्न्े लाग्छ भने राजीनामा दिएर अनुसन्धानमा सघाउनु नै महराका लागि अहिले सवैभन्दा राम्रो विकल्प हो । यस विषयमा दुई अध्इक्षले सभामुख महरालाई के गर्नुहुन्छ भनी जिज्ञासा पनि राखिसकेको स्रोत वताउँछ । महराले यस विषयमा छलफल गरि निर्णयमा पुगने दुवै अध्यक्षलाई जानकारी गराएका छन् । राजीनामा दिए उनले राष्टपति समक्ष वुझाउनु पर्ने हुन्छ ।

२) महाअभियोगको सामना गर्ने

महराविरुद्ध महाअभियोग लगाउन कसैले चाहेमा संसदको कुल सांसदमध्ये एक् चौथाई सांसदको लिखित हस्ताक्षर आवश्यक पर्छ  एक चौथाई सांसदको हस्ताक्षर सहित संसदमा महाअभियोग प्रस्ताव दर्ता गर्नुपर्ने हुन्छ । यो केसलाई वढी उचालिरहेको काग्रेससँग त्यो संख्या संसदमा छैन । नेकपाले नै सघाउनुपर्ने हुन आउन्छ । सम्भवत यो विकल्पमा महरा नपुग्लान भन्ने अपेक्षा राजनीतिक पार्टीहरुले गर्न थालेका छन् ।

३) सरकारका तर्फवाट छानविन समिति वनाउने

घटनाका अनुसन्धानका लागि सरकारले आजै छानविन समिती वनाउन सक्छ । छानविन समितिले आफनो अनुसन्धान पूरा नगर्दा सम्म महरालाइृ निलम्वनकै जस्तो अवस्था तर निलम्वन नभइृ उनलाई काम नगर्न आग्रह गर्न सक्ने पनि तेश्रो विकल्पका रुपमा रहन सक्छ । नेकपाको जारी सचिवालयले महराका लागि यो किवल्पका रुपमा पन छलफल गर्न सक्ने ति सचिवालय सदस्यले वताए । त्यो समितिले छानविन प्रतिवेदन नलल्उदा सम्म महरालाई काम नगर्न आग्रह गर्ने सम्भावना पनि छ ।

४) सरकारले वनाउने छानविन समितिपछि आउने रिपोर्टका आधारमा मात्र थप निर्णयमा पुग्ने

सरकारले छानविन समिति वनाउने गरी नेकपाको सचिवालयले प्रधानमन्त्रीलाइृ निर्दशेन गर्ने  र महरालाइृ त्यो समितीले आफनो रिपोर्ट नल्यउदा सम्म काम मात्र गर्न रोक लगाउने गरी निर्णय गरयो भने त्यसपछि मात्र के गर्ने भन्ने तिर महराको किवल्प हुन सक्छ । त्यसका लागि सचिवालय वैठकको निर्णय कुर्नुपर्ने ति सचिवालय सदस्यले वताए ।

प्रतिक्रिया दिनुहोस