सभामुख महरामाथिको यौन दुर्व्यवहार प्रकरणमा नेकपाका दुई अध्यक्ष छलफलमा

सफल खबर संवाददाता

मंगलबार, १४ असोज २०७६, ११ : ३६
सभामुख महरामाथिको यौन  दुर्व्यवहार प्रकरणमा नेकपाका दुई अध्यक्ष छलफलमा


काठमाडौं । सभामुख कृष्णवहादुर महरामाथि संसद भवनमै कर्यरत एक महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि सत्तारुढ दल नेकपाका दुई अध्यक्ष प्रधनमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रच्ण्डबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा महरा प्रकरणका विषयमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डका बीचमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले बताए ।

‘सभामुखमाथी गम्भिर आरोप लागेको छ, यो घटनाको वास्तविकता के हो रु भन्ने बारेमा दुई अध्यक्षबीच छलफल भएको छ’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा अर्यालले भने ।
ओली र प्रचण्डका बीचमा विहान वालुवाटारमा छलफल भएको ।

महराको राजनीतिक जीवनमाथी नै दख्खल पु¥याउने ढंगले अभियोग लागेपछि उनको राजीनामा मागेर अनुसन्धानमा सहयोग गर्ने की के गर्ने भन्नेमा केन्द्रीत रहेर दुई अध्यक्षका बीचमा कुराकानी भएको स्रोतको भनाई छ ।

महरामाथि संसद सचिवालयमै कार्यरत एक महिला कर्मचारीले यौन दुव्र्यवहारको आरोप लगाएपछि महरा विवादमा आएका हुन् ।
आइतबार राती महरा निज महिलाको डेरामा गई यौन दुव्र्यवहार गरेको महिलाले आरोप लगाएकी छिन् ।

आइतबार साँझ सभामुख महराले फोन गरेर आफू आउन लागेको र पौने आठ बजे डेरामा पुगेर रक्सी खाएर दुर्व्यवहार गरेको आरोप महिलाको छ ।

तर सभामुख महराको नीजि सचिवालयले आइतबार दिउँसो १२ बजेदेखि २ बजेसम्म सभामुख संसद सचिवालयमा गएर सिधै निवासमा फर्केको र त्यसपछि बाहिर ननिस्किएकोले आरोप निराधार भएको जिकिर गरेको छ ।

घटनापछि सभामुख महरासँग प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रच्ण्डले समेत घटनाका बारेमा जिज्ञासा राखेको स्रोतले बतायो । महराले भने घटनामा आफूलाई फसाउने षडयन्त्र भएको बताएका स्रोत बताउँछ । 

प्रतिक्रिया दिनुहोस