सभामुख कृष्णबहादुर महरालाई महाअभियोग की स्वत राजीनामा ?

सफल खबर संवाददाता

मंगलबार, १४ असोज २०७६, ११ : १६
सभामुख कृष्णबहादुर महरालाई महाअभियोग की स्वत राजीनामा ?

काठमाडौं । सभामुख कृष्ण बहादुर महरा विवादमा तानिएसँगै नेकपा अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बैठक बसेको छ । 
प्रचण्डसहित पूर्वमाओवादी निकटका नेताहरु सहभागी बैठकमा महरामाथि गम्भीर आरोप लागिपसेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्ने धारणा नेताहरुले राखेका छन् । महराले आफ्नै सचिवालयमा कार्यरत महिलामाथि यौन दुर्व्यवहारको आरोप खेपिरहेका छन् ।

नेताहरुले महराले राजीनामा दिनुपर्ने सुझाव बैठकले दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । बैठकमा महराको ‘कमजोरी’ देखिएको भन्दै उच्च ओहदामा रहेका व्यक्तिले माथि प्रश्न उठिसकेपछि राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने धारणा अधिकांश नेताहरुबाट आएको उनको भनाइ थियो ।

नेकपाका एक शीर्ष नेताका अनुसार महराका सामु राजीनामा दिनु वा महाअभियोगको सामना गर्नुबाहेक अरु विकल्प छैनन् । बलात्कार जस्तो संगीन आरोप लागेपछि सभामुख पदमा रहिरहन महरालाई नैतिक र राजनीतिक संकट हुनेछ । 

प्रतिक्रिया दिनुहोस