च्वाईस पईन्ट व्राण्डेड कलोथिंग स्टोर्स सञ्चालनमा

सफल खबर संवाददाता

आइतबार, १२ असोज २०७६, १८ : ५८
च्वाईस पईन्ट व्राण्डेड कलोथिंग स्टोर्स सञ्चालनमा

चितवन । भरतपुरको सिनर्जी रोडमा च्वाईस पईन्ट व्राण्डेड कलोथिंग स्टोर्स सञ्चालनमा आएको छ । व्राण्डेड लुगाको पारखीहरुलाई लक्षित गरी चितवनमा अत्याधुनिक सुविधायुक्त यो पसल सञ्चालनमा आएको हो ।

अत्याधुनिक पसलको एक समारोहकाबीच गलेश्वर आश्रमका पिठादीश अन्नत श्री विभूषित महामन्डलेश्व स्वामी आत्मनन्द गिरीजी महाराजले उद्धघाटन गर्नुभयो । विभिन्न अन्तराष्ट्रिय ब्राण्डका कपडाहरु आयात गरी चितवनका ग्राहकलाई विक्री गर्ने उद्देस्यसहित पसल सञ्चालनमा ल्याइएको सञ्चालक सुसिल जोसीको भनाइ छ ।

भरतपुरलगायतको ग्राहकहरुलाई मध्यनजर गर्दै त्यसै अनुरुपको कपडाहरु उक्त स्थानमा राखिएको र ब्राण्डेड कपडा एकदम न्युनतम मुनाफा राखी विक्री गरिने उहाँले बताउनुभयो । नजिकिँदै गरेको नेपालीहरुको महान चाड दशंै तिहार र छठको लागि विशेष छुटको व्यवस्था समेत रहेको उहाँले जानकारी दिनुभयो । पसलमा महिला तथा पुरुषका लागि कपडाहरु विक्रीमा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस