काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरणका लागि निर्माण भइसकेका संरचनालाई बलियो बनाउन जरुरी रहेको बताएका छन् ।
आज काठमाडौँमा आयोजित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संस्थागत क्षमता तथा कार्य जिम्मेवारीलाई प्रभावकारी बनाउने उपायहरूबारेको छलफल कार्यक्रममा बोल्दै उनले सङ्घदेखि स्थानीय तहसम्मका विपद् जोखिम न्यूनीकरण सम्बन्धी संरचनालाई बलियो बनाउन जरुरी रहेको बताए ।
उनले जोखिमको पहिचान गरेर आवश्यक संरचना निर्माण गर्न जरुरी रहेको बताए । नेपाल विपद् जोखिमको पनि उच्च जोखिममा रहेको उल्लेख गर्दै उनले सबै मिलेर विपद् जोखिम न्यूनीकरणका लागि पहल गर्न आवश्यक रहेको बताए । भूगोलको जोखिम, प्राकृतिक जोखिम र मानव सिर्जित जोखिमहरूलाई कम गर्नेगरी अघि बढ्न जरुरी रहेको उनले बताए ।
गृहमन्त्री लेखकले समुदाय र वडामा रहेका विपद् जोखिम न्यूनीकरण सम्बन्धी संरचनालाई बलियो बनाउन जरुरी रहेको बताए । उनले समुदायलाई बलियो नबनाएसम्म विपद् जोखिम न्यूनीकरण गर्न नसकिने बताए । समयमै पूर्वसूचना प्राप्त भए जोखिम न्यूनीकरणका लागि सहयोगी हुने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ पुस २०८१, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सञ्चारमाध्यमलाई निसाना बनाउनेलाई कारबाही गर्छौं : गृहमन्त्री लेखक
सीमामा पर्यटकको जाँच एकद्वार प्रणालीबाट हुन्छ : गृहमन्त्री लेखक
भूकम्पका विरुद्ध राजनीति नगरौँ : गृहमन्त्री लेखक
भूकम्प प्रभावितहरूका लागि आवास निमार्ण कार्य अगाडी बढाइएको छ : गृहमन्त्री लेखक
पर्यटन क्षेत्रको विकास गर्न सबैलाई असल व्यवहार गर्न जरुरी छः गृहमन्त्री लेखक
रिंकु घटनामा दोषीलाई कडा कारबाही हुन्छ : गृहमन्त्री लेखक