काठमाडौँ । नेकपा एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघको केन्द्रीय विधान तथा नीति निर्माण सम्मेलन नवलपुरमा हुने भएको छ । पुस १२ र १३ गते नवलपुरको गैँडाकोटमा विधान तथा नीति निर्माण सम्मेलन हुन लागेको सम्मेलन संयोजक भागरिथ सापकोटाले जानकारी दिए । उनका अनुसार सम्मेलनमा वर्तमान समयमा नेपाली अर्थतन्त्रमा देखिएका समस्या र समाधान सहितको दृष्टिकोणबारे छलफल हुनेछ ।
सम्मेलनको उद्घाटन एमाले महासचिव शंकर पोखरेलले गर्ने कार्यक्रम तय भएको छ । सो कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार युवराज खतिवडा पनि आउने संयोजक सापकोटाले बताए ।
सम्मेलनमा देशको सबल अर्थतन्त्रका लागि ५ वटा आधारस्तम्भ ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि र कच्चा पदार्थमा आधारित उद्योगहरूका बारेमा छलफल हुने संयोजक सापकोटाले बताए ।
महासंघका निवर्तमान उपाध्यक्ष एवम् विधान तथा नीति निर्माण सम्मेलन संयोजक डा. तिलचन्द्र भट्टराईले सरकार, पार्टी र व्यवसायी गरी त्रिपक्षीय छलफल हुने र राज्यलाई सुझाव दिइने बताए । सम्मेलनमा देशका ७७ वटै जिल्लाबाट करिब तीन सय जना व्यवसायी प्रतिनिधिहरूको सहभागिता रहने भट्टराईले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ पुस २०८१, १२ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
भीड जम्मा गरेर कानूनी प्रक्रियामा अवरोध गर्नु अपराध हो : महेश बर्तौला
एमालेले बोलायो सचिवालय बैठक
एमालेको सचिवालय बैठक जारी
एमाले मुख्यालय डुबानमा
बागमतीमा कांग्रेस र एमालेबीच सहमतिः २०/२० महिना मुख्यमन्त्री हुने