अत्याधिक मूूल्यवृद्धिले हर्षोल्लाषका साथ पर्व मनाउने वातावरण छैन् : अध्यक्ष राणा

शनिबार, ११ असोज २०७६, १६ : २७
अत्याधिक मूूल्यवृद्धिले हर्षोल्लाषका साथ पर्व मनाउने वातावरण छैन् : अध्यक्ष राणा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(संयुक्त)ले मुलुकको राजनीतिक परिदृश्य निराशाजनक र आर्थिक परिसूूचक कहालीलाग्दो दिशातर्फ उन्मुख रहेको आरोप लगाएको छ ।

विजया दशमी, दिपावली र छठ पर्वको उपलक्ष्यमा सञ्चारकर्मीका लागि आयोजित शुुभकामना आदानप्रदान कार्यक्रममा पार्टी अध्यक्ष पशुुपतिशम्शेर जबराले अत्याधिक मूूल्यवृद्धिले हर्षाेल्लाषका साथ पर्व मनाउने वातावरणसमेत नरहेको टिप्पणी गर्नुुभयो ।
 
उहाँले भन्नुुभयो, “सिँहदरबारको अधिकार गाउँगाउँमा  पुु¥याउने नारा दिएको सरकारले अधिकारको साटो भ्रष्टाचार मात्र पुु¥याएको छ, संवैधानिक अङ्गमा समेत राजनीतिक हस्तक्षेप भएको छ, सार्वजनिक शिक्षा प्रणाली कमजोर भएको छ, विश्वविद्यालय दलका कार्यकर्ता दलका भर्ति केन्द्रमा परिणत गरिएका छन् ।”
 
व्यापार घाटाले मुुलुकको अर्थतन्त्रलाई निकै अप्ठेरोमा पारिरहेको बताउँदै अध्यक्ष जबराले भुक्तानी सन्तुलन र विदेशी मुुद्राको सञ्चित पनि ओराले लाग्नु हाम्रा लागि चिन्ताको विषय हो भन्नुभयो । (रासस) 

प्रतिक्रिया दिनुहोस