देशभरका मेडिकल कलेजलाई सुध्रिन विप्लवका छोरा प्रकाशको चेतावनी

सफल खबर संवाददाता

आइतबार, ०५ असोज २०७६, १० : ५७
देशभरका मेडिकल कलेजलाई सुध्रिन विप्लवका छोरा प्रकाशको चेतावनी

चितवन । चितवन मेडिकल कलेजका विद्यार्थीहरुले देशभरका मेडिकल कलेजलाई सुध्रिन चेतावनी दिएका छन । चितवनमा पत्रकारसँग कुरा गर्दै विप्लवका छोरा प्रकाश चन्दले अवैध रुपमा विद्यार्थीबाट बढी लिएको शुल्क फिर्ता गर्न चेतावनी दिएका हुन । 

विद्यार्थीहरुको बढी शुल्क फिर्ता गर्न चितवन मेडिकल कलेज तयार भएकाले अन्य मेडिकल कलेज पनि सुध्रिन उनले आग्रह गरे । उनले भने ‘सिएमसिबाट पाठ सिकेर सवै मेडिकल कलेजले अवैध रुपमा लिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्नुपर्छ ।’

गण्डकि मेडिकल कलेज लगायत देशभरका विभिन्न मेडिकल कलेजमा विद्यार्थीले उठाएको जायज मागलाई पुरा गराएरै छाड्ने दृढता पनि व्यक्त गरेका छन । केहि समयपछि विभिन्न मेडिकल कलेजमा पुग्ने तयारी भईरहेको समेत उनले बताए ।

उनले सिएमसिले जिल्ला प्रसासन कार्यालयमा विद्यार्थी र अभिभावकसँग गरेको सहमति अक्षरस पालना गर्ने विश्वास पनि व्यक्त गरेका छन । अन्य मेडिकल कलेजमा भएका थुप्रै सहमतिहरु कार्यान्वयन नभएको बताउदै उनले भने ‘यदि सहमति कार्यान्वयन भएन भने प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नतले कार्वाहि प्रकृया अघि बढाउछौँ भन्नुभएको छ, हामि पनि कानुनी बाटो उपचार खोज्छौँ ।’ उनले विद्यार्थीको जायज माग र मेडिकल माफियाविरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए । 

यस्तै एमविविएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी मान्यता थापाले विद्यार्थीहरुको जायज माग पुरा गर्न सिएमसि इमान्दार हुने विश्वास व्यक्त गरेकि छन । उनले यदि सहमति कार्यान्वयन नभए अब अभिभावकसहित कडा आन्दोलनमा उत्रने चेतावनी दिएकी छिन । 

नर्सिङ अध्ययनरत विद्यार्थी कला अधिकारीले सहमति कार्यान्वयन गर्दै सिएमसि देशभरमा नमुना बन्नुपर्नेमा जोड दिईन । यस्तै अभिभावक एवंम सामाजीक अभियान्ता प्रेम रिमालले आज जे समस्या देखियो त्यो आगामि दिनमा दोहोरीन नहुने बताए । उनले भोलीका भाईबहिनीहरुले यस्तो समस्या नभोगोस भन्नका लागी सरकार नै खरो रुपमा उत्रनुपर्ने बताईन ।

 विद्यार्थी, अभिभावक र सिएमसिका प्रतिनिधिविच सनिवार जिल्ला प्रसासन कार्यालयमा भएको वार्तामा विद्यार्थीबाट बढी लिएको शुल्क ३० दिनभित्र फिर्ता गर्ने सहमति भएको छ । सहमतिसँगै विद्यार्थीको आन्दोलन स्थगित भएको छ भने कलेजको पठनपाठन सुचारु भएको छ । 

 

प्रतिक्रिया दिनुहोस