राजपाका केन्द्रीय उपाध्यक्षको भाषण गर्दागर्दै निधन

सफल खबर संवाददाता

आइतबार, ०५ असोज २०७६, ०९ : २९
राजपाका केन्द्रीय उपाध्यक्षको भाषण गर्दागर्दै निधन

काठमाडौं । मधेस केन्द्रीत दल राष्ट्रिय जनता पार्टी (राजपा) का केन्द्रीय उपाध्यक्ष राजवंशी चौधरीको भाषण गर्दागदै निधन भएको छ ।

पार्टीको ललितपुर जिल्ला भेलालाई सम्वोधन गर्दा गदै राजवंशीको हिजो निधन भएको उत्त पार्टीका महासचिव केशव झाले बताएका छन् ।

जिल्ला भेलालाई सम्बोधन गदै गर्दा अचनाक राजवंशीलाई हृदयाघात भएको थियो ।

त्यसपछि उनलाई हतार गरी मेडिसिटि अस्पताल लगिएपनि अस्पतालले निधन भईसकेको पुष्टि गरेको झाले बताए ।

‘हिजो दिउँसो ३ बजेतिर उपाध्यक्षज्यू बोल्दै हुनुहन्थ्यो, अचानक हर्टअट्याक भयो,’ उनले भने, ‘हतार हतार मेडिसिटी अस्पताल लगियो तर चिकित्सकले मृत घोषणा गरे । ’

बारा घर भएका उपाध्यक्ष चौधरी ६० वर्षका थिए । अहिले उनको शव मेडिसिटी अस्पतालमै राखिएको छ । 

प्रतिक्रिया दिनुहोस